Posts

Showing posts from June, 2024

सम्झना दस्ताबेज

Image

कृष्ण चालिसा गुरुदेवलाई जन्मदिनमा सम्झना🙏📢👏

Image
हे नृत्य कलाका मालिक काली नाग हर्ने महाकाल गाई चराउने महिमा सिकाउने कन्हैयाँ!तिम्रो जय जय होस!! ब्रज वासीलाई रक्षा गर्ने गोवर्दन पर्वत सहज उठाउने जीवन लिला दर्शन सिकाउने कांन्हा! दरिद्रता सबको हर्ने!! कानमा कुण्डल सुन्दन धरी प्रीताम्बर शरिरमा धारण गरी कन्दनीमा सदा घण्टीको ध्वनी मुरली फुक्ने हौ तिमी हरी!! निलो आकाश सरह शरिर अनौठो तिम्रो स्वरूप स्वामी देव मनुष्य र मुनी गुणीलाई मोहित गर्ने मुस्कानका धनी!! मस्तकमा तिलक सुशोभित केश छ सुन्दर घुघंरीलो राशी मुखमा शुशोभित सुन्दर बाँशी श्री कृष्ण!पुकार सुन वृजवासी!! पुतनाको स्तन पान गर्ने उसलाई भवसागर पार तार्ने अकासुर,बकासुर अनि कागासुर वध गर्ने स्वमी तिमी मन हर्ने!! मधुवन जलाउने भीषण ज्वाला दन दन अग्नी पनि श्रीकृष्ण आगमन भयो जसै शान्त शीतल वनसपती तसै!! देवराज भिशण द्वन्दले क्रोधमा ब्रज वासीमा छायो मुसलधार वर्षा आक्रमन गरी वर्षाये भिशण भुवरी कृष्ण! शान्ती ल्याउने तिमी प्रिये!! हेर्दा हेर्दै जब वृजवासीको रक्षा कान्छी औंलामा गोवर्धन पर्वत रक्षा गर्यौ तिमीले हे! गोपाल थियो त्यो शक्ति  अपरमपार!!! यो जानी माता  यशोदा मोहवस अधिक भ्रमित भई!...