कृष्ण चालिसा गुरुदेवलाई जन्मदिनमा सम्झना🙏📢👏
हे नृत्य कलाका मालिक
काली नाग हर्ने महाकाल
गाई चराउने महिमा सिकाउने
कन्हैयाँ!तिम्रो जय जय होस!!
ब्रज वासीलाई रक्षा गर्ने
गोवर्दन पर्वत सहज उठाउने
जीवन लिला दर्शन सिकाउने
कांन्हा! दरिद्रता सबको हर्ने!!
कानमा कुण्डल सुन्दन धरी
प्रीताम्बर शरिरमा धारण गरी
कन्दनीमा सदा घण्टीको ध्वनी
मुरली फुक्ने हौ तिमी हरी!!
निलो आकाश सरह शरिर
अनौठो तिम्रो स्वरूप स्वामी
देव मनुष्य र मुनी गुणीलाई
मोहित गर्ने मुस्कानका धनी!!
मस्तकमा तिलक सुशोभित
केश छ सुन्दर घुघंरीलो राशी
मुखमा शुशोभित सुन्दर बाँशी
श्री कृष्ण!पुकार सुन वृजवासी!!
पुतनाको स्तन पान गर्ने
उसलाई भवसागर पार तार्ने
अकासुर,बकासुर अनि कागासुर
वध गर्ने स्वमी तिमी मन हर्ने!!
मधुवन जलाउने भीषण
ज्वाला दन दन अग्नी पनि
श्रीकृष्ण आगमन भयो जसै
शान्त शीतल वनसपती तसै!!
देवराज भिशण द्वन्दले क्रोधमा
ब्रज वासीमा छायो मुसलधार वर्षा
आक्रमन गरी वर्षाये भिशण भुवरी
कृष्ण! शान्ती ल्याउने तिमी प्रिये!!
हेर्दा हेर्दै जब वृजवासीको रक्षा
कान्छी औंलामा गोवर्धन पर्वत
रक्षा गर्यौ तिमीले हे! गोपाल
थियो त्यो शक्ति अपरमपार!!!
यो जानी माता यशोदा
मोहवस अधिक भ्रमित भई!
देखिन मुखार वृन्दमा चतुरभुज
चौद भुवन , ठान्छिन कृष्ण अदभुत!!
दुष्ट कंशले उत्पात मचाई जब
वृज वाशीलाई मगायो करोड़ कमल
प्रभो!कालीदहमा प्रवेस गरी त्यहाँ
कालिया नागलाई वसमा गर्यौ तब!!
प्रेमी अति प्रिय थियौ तिमी
गोपिनीहरूको अभिलाशा भने
पुर्ण गर्न रास लिला रचायौ जसै
मन्त्र मुग्ध गरायौ सबलाई तेसै!!
प्रभो! भयंकर अशुर बध गरी
कंशको निज राजमहल महाँ
एका एक पापको सघांर गर्यौ
अनित् मृत्यु मुखेञ्जी रूप धर्यौ!!
माता-पितालाई कारावासबाट
मुक्त गराई श्रद्धा बाजे हजुरलाई
महाराज अग्रसेन अविशेक गराई
मयुर पंख राज अविशेक गरायौ!!
पाताल लोकबाट छ्'भाईलाई
जिवीत फर्काई पृथ्वी लोक ल्यायौ
आफ्नी आमा देवकीलाई सदाको
पुत्र शोक सकंटबाट बचायौ!!
भौमाशुर अनि मुर दैत्यलाई
संहार गरी सोल हजार अधिक
राजकुमारीहरुलाई मुक्त पार्यौ
युद्ध बन्धी बनेथ्यो, दुःख टार्यौ!!
कृष्ण ! सिनका-सिनका चिरी
भिमशेणलाई युक्ति सिकायौ
आनि जरासंघलाई सहांर गर्यौ
र भीमलाई विपत्तीबाट बचायौ!!
बकाशुर आदि राक्षस वध गरी
तिनलाई सद्गगती प्रदान गर्यौ
आफ्ना भक्तजनको कष्ट सदा
प्रभु! दुर दुर गरीदियौ यता!!
तीन मुट्ठी चामल लिई,जसै
हाली दियौ मित्र मुखमा
अनित् सुदामालाई दैनिक
दैविक, भौतिक शुख दियौ तसै!!!
अहंकारी दुर्योधनको महलमा
पकवान सदा परित्याग गरी
महात्मा विदुरको घृहवासमा
सादा सरल भोजन ग्रहन गर्यौ!!
तिमी प्रेम महिमाका धनी
बारम्बार भजौ कृष्ण! कृष्ण!
त्यसैले प्रभो दिनहिनका आज
अग्रज हौ सदा यस लोकका!!
महाभारत युद्धमा सारथी बन्यौ
पार्थको रथ हाक्ने तिमी अग्रज
प्रतिज्ञा। भंग गर्न तिमी प्रभो!
हातमा रथ पैया सदा धारण गर्यौ!!!
तिमी स्वय गीता पाठ बन्यौ
भक्तको मनमा अमृत वर्षा गर्यौ
मृत्यु भयबाट सदा पार तार्यौ
अनि त् चित्त मन शान्त गरायौ!!
तिम्रो भक्त मिरावाई दिवानी
बिना बजाई गरी, भक्ती जानी
उसले प्रशन्नतापुर्वक अमृत मानी
कालकट विश पान गरी अनि!!!
विश भयो जसै अमृत वानी
राणाले सर्प पठायो यो जानी
हे कान्हा! तिम्रो अघी ती सदा
सालीग्राम बनी रहन पायो सर्बदा!!
तिमीले ब्रहमलाई चमत्कार गरी
शंका दुर गरायौ सदा सर्वदा
निर्गुण ब्रहम अवतारी हुन भन्ने
ज्ञान सदाको। निम्ती दिलायौ!!
शिशुपालले सौ गाली दिये
ततकाल आफ्नो जीवनबाट
तिनलाई पनि सदाको निम्ती
परमपथको मुक्ति शक्ति दिलायौ!!
कौरवको भरी सभा विच पनि
पति र श्रेष्ठ जन केही नमानी
हे दिनानाथ!भनि प्राथना गर्दा
बचायौ द्रोपतीको लाज सदा!!!
वस्त्र छोयौ। जब सभामा
यसको लमाई क्रमस बड़्यो
अनिता बने सब-सब भयभित्
दुशासन भयो पराजय चकित!!
हे कन्हैयाँ! अनाथका स्वामी
भुवरमा डुबेको नैयाँको नावीक
तिम्रो शरण•• भक्त जब पर्यो
उसको जीवन नैयाँ पार तर्यो !!
यो कलम तिम्रै भर परी
श्री चरणमा प्राथना गर्छ
बनवासी! हामीमा कृपा गर
भवसागरको दुःख अब हर!!!
मेरो अपराध क्षेमा गरीदेउ
दोषयमुक्त निर्णय हरीदेव
मार्ग दर्शन सदा गर हेनाथ!
गोपिनी रास लिला देखाऊ!!
हे प्रिये! मायाजाल हटाई
अब दर्शन देउ हामीलाई
बोलो श्रीकृष्ण काले कन्हैयाँ
लाल की जय जय होस प्रभो!!
धर्म अर्थ। काम मोक्ष
चारै पुरूषार्थ प्राप्त गर्न
म तिम्रो चरणमा पर्दछु नाथ!
कृपा गर हे नाथ अनाथ नाथ!!!!!
Comments
Post a Comment