बात चित जामुन को रूखसित
बातचित जामुनको रूखसित आज बिहानै मलाई झ्यालमा ढ़क ढ़कायो, यसो झ्याल खोलि हेरें, काग, रूप्पी, अलि पर पर भगेराहरू, भुईमा चाल मारेर बिरालो बसी रहेको रहेछ। सोचें, उनिहरूको पनि नेता गिरीको चर्चा होला। खाने आहारको सल्लाह होला। चुनावको चर्चा होला। तर मलाई एउटीले ढ़क ढ़काई बस्छ, किन होला ? मनै मन चिन्तन गर्दै पर्दाहरू सारे अनिता आकाशतिर हेरें अलि अलि बादल छ, फनी तुफानले अरूतिर नोकसान गरे पनि सिलगढ़ीलाई भने न्यानो राखेको छ। वर्षा नआई वर्षात छ। फेरी म तिर हेरी पोल सारे जस्तो गरि चिरी-बिरी गरी रहन्छ, चारो पो चाहियो होला भनेर अलिकता चामल र पानी राखिदिए।केही दाना खायो फेरी भुर्र उड़ेर रूख मै बस्यो।धेरै चिरी-बिरी सुन्दा मलाई लाग्यो ईनीहरू पनि पर्यावरण दिवस मनाउने सल्लाह गर्दै छन क्यार। यसो अब धुप बालौं भनि फूर - पाति टिप्न लागेको त भुई भरी क्यामुना जस्तो पाकेर जामुने रंगमा छ, के होला भनेर टिपेर हेरेको ता मसिनो खाल्को जामुन रहेछ, यसो मास्तिर नजर डुलाउदा ता लटरम्मै जामुन पाकेछ। त्यो देखदा मेरो साथीको घर लाब्दा मगंपुको पो याद आयो।भन्सा कमरा र ठूलो घर माझ सानु सेतु काठको माझमा तल्...