बात चित जामुन को रूखसित

बातचित जामुनको रूखसित

आज बिहानै मलाई झ्यालमा ढ़क ढ़कायो, यसो झ्याल खोलि हेरें, काग, रूप्पी, अलि पर पर भगेराहरू, भुईमा चाल मारेर बिरालो बसी रहेको रहेछ।
सोचें, उनिहरूको पनि नेता गिरीको चर्चा होला। खाने आहारको सल्लाह होला। चुनावको चर्चा होला।
तर मलाई एउटीले ढ़क ढ़काई बस्छ, किन होला ? मनै मन  चिन्तन गर्दै पर्दाहरू सारे अनिता आकाशतिर हेरें अलि अलि बादल छ, फनी तुफानले अरूतिर नोकसान गरे पनि सिलगढ़ीलाई भने न्यानो राखेको छ। वर्षा नआई वर्षात छ।
फेरी म तिर हेरी पोल सारे जस्तो गरि चिरी-बिरी गरी रहन्छ, चारो पो चाहियो होला भनेर अलिकता चामल र पानी राखिदिए।केही दाना खायो फेरी भुर्र उड़ेर रूख मै बस्यो।धेरै चिरी-बिरी सुन्दा मलाई लाग्यो ईनीहरू पनि पर्यावरण दिवस मनाउने सल्लाह  गर्दै छन क्यार।
यसो अब धुप बालौं भनि फूर - पाति टिप्न लागेको त भुई भरी क्यामुना जस्तो पाकेर जामुने रंगमा छ, के होला भनेर टिपेर हेरेको ता मसिनो खाल्को जामुन रहेछ, यसो मास्तिर नजर डुलाउदा ता लटरम्मै जामुन पाकेछ।
त्यो देखदा मेरो साथीको घर लाब्दा मगंपुको पो याद आयो।भन्सा कमरा र ठूलो घर माझ सानु सेतु काठको माझमा तल्लो गराबाट आएको ठुलो सुन्तलाको रूख, माथिलो तलाबाट सोझै लटरम्म फलेको सुन्ताला सहजै टिप्न सक्ने रमाईलो लागेको थियो एक समयमा, तर आज पैरोले लगेर भिर मात्र छ भनेको सुन्छु।मोबाईल फोनहरूका टावरले वृक्षहरू बिरामी छन भनेको सुन्छु।मिरिकका ढ़ाड़ाहरूमा लागेका ती तारका समुहले मलाई प्रकृतिको रसपान गर्न छेके जस्तो लाग्छ।
तर जे होस आज मेरो घरमा पनि लटरम्म जामुन फलेछ।मैले रोपेको होईन यो, आफै उम्रेर फल दिन लागेछ।यसो माथि हेर्दा रमाईलो लाग्यो, त्यसै विषय आज यी चराहरूको सभा रहेछ।मैले चाहि डाईबेटिकहरूलाई समझना गरी रहें अनि छतमा गएर अलिकता टिपे, त्यहा कागले आफ्नो घर तारले सुन्दर ढंगमा बनाएको रहेछ , मसिनो तारले बेरेर, छक्क परें ।
एक बन्डल तार किनेर बाहिर राखेकी थिएँ छुट्टीमा समय पाए बार बेर गरौला भनि , त्यो हराएको निकै दिन भएको थियो।आधा उधित् कागले लगेछ। पत्याउनु हुन्छ यो कागको घर तारको भनि, बिचरा उ पनि 'सरभाईभल अफ फिटेस्ट' हुनै पर्यो।
यस्तो अनुभव भयो, सोचदै खाजा बनाउँ भनि आटाको डब्बा हेरेको हिज भुसुक्क भुलिएछ बजार गर्न, बुड़ोलाई गन गन गरें , यस्तै गुणासो, खाद्यन्न जोगाड़ी, बिरालोको दाउ बच्चा कागको झरे टिपौला भन्ने दाउ, साना चराहरू काग कहिले जाला र हामी खाँउला जामुन भन्ने चर्चा, कागले भने आफ्नो परिवारको बर्चस्व, अस्मिता जताउदै आधुनिक घरको मालिकाना हक जताउदैं चिरीविरी।
 मसिना नानीहरूले त्यसै बेला एउटा हाँगा चुड़ाई हाल्यो, त्यसैको मलाई पोल हाले जस्तो पनि लाग्यो।
कराउदै उनिहरूलाई पनि खेदी पठाएँ अनि आफैलाई सानो श्रेणीमा पड़ेको' सेलफिस जाईनण्ड' को कथा याद आयो। मन मनै पाकेको एकदुईवटामा मेरो घर छेउँ भएको कारणले अधिकार त मेरो पनि छ जस्तो लाग्यो।
कागले भने रिसाएर भन्यो, मेरो घरसम्म बनाउने घाँस पात रोप्दैनौ, मेरो दाँत नभएको चुच्चोले कसरी घर बनाई बसेको छु, के तिमी पर्यावरण दिवस मनाउछौ? यसमा हाम्रो जमातको मात्र अधिकार छ। 
अरे बिहानै खाजा र फल फूल पाउन मलाई मात्र चटारो नभएर चिरी बिरी सबैको चुनाव परिनामको जस्तो यो फल कसले खाने एकजिट पोल पो रहेछ।

Comments

Popular posts from this blog

मित्रता

लाै घुम्न जाउ दार्जीलिङ

छाेरी