Posts

Showing posts from October, 2025

झेल साहित्य

Image
झेल यात्रा कसैले तपाईको विरूद्ध नालिश गर्छ,अनि तपाईलाई झुटो आरोप लाउछ,र तपाईलाई पुलिसले एक दिन हिरासतमा लैजान्छ, दोस्रो दिन झेल लैजान्छ। माझमा धेरै दिनको छुट्टीहरू परेको हुन्छ, र धेरै दिन झेलको रोटी खान पर्छ भने पनि जबसम्म केशको सिडी बन्दैन, जबसम्म सबै आरोपी पकड़ा पर्दैन, उसलाई आरोपी हो भनेर औंलाउन सकिन्न। यदी दुश्मनी लागेर यस्तो झमेलामा फँसिन्छ भने, तपाईको मानसिकतामा कति आघात पुग्छ थाहा छ? जसलाई परेको छ उसलाई थाहा हुन्छ, सायद आफन्तको लाश अघि हुदा जतिको आघात पुग्छ त्यो भन्दा बड़ी आघात पुग्छ।  त्यो समयलाई सहन गर्न अति गाहारो हुन्छ। तसर्थ झेल पस्ने साथै त्यो व्यक्ती आरोपी होईन। जब तपाईलाई आरोप लगाउने मानिस अनपढ़ छ, हजार रूपयाँको लालचमा एउटा हस्ताक्षर गरेर आरोप लाउछ अनि त्यो हजार रूपयाँले दिन भरी रक्सी खाएर मज्जा गर्छ, तर उसलाई मैले यो के गरें भन्ने थाहा हुदैन र जब हजारौं रूपयाँ खर्चेर झेल बाहिर आएर , आरोप मुक्त हुदा, त्यसको बदला लिन खोज्दा फेरी तेही व्यक्ती माफ माग्न आउछ अनि रक्सी खान हजार रूपयाँ माग्छ। मैले के गरें थाहा छैन भनि भन्छ भने,त्यस समय थाहा लाग्छ कानुन अन्धो छ भने र। ...

देवकाेटा

Image
लक्ष्मी प्रसाद देवकोटा  प्रकृती हेरी रमाउने कविवर जीवनको चाकाली चुकुली सधैभर भई नै रहन्छ दर- दर निर्तरता वञ्जर साहित्य भुमीमा सगरमाथा छुने मन यही जुनीमा सफल भो वसन्त फुलैमा लुनीलाई भेटे मदन र मुना भेटे खन गोड़ गरी साहित्य समेटे औंशीमा पनि नेपाली दियो भै जग मग सजाये पर्व उज्यालो चम्कीयो यो रात आज रमाईलो चेलीको वियोग हिमवाहको ठिही हाम्रो पहाड़ी जीवनको चित्र सुन्दा मात्र लाग्छ यो विचीत्र त्यसैले युगौदेखि महिमा छ देवकोटाको जन्म उत्सव भित्र श्रद्धा सुमन छ हजुरमा भै एक चित्त!!!!