बुबालाई पत्र (19.8.20मा लेखिएको त्यसदिन कुशे औंशी थियो)



आज कुशे औंशी
तपाईको सम्झनामा
हजुरको आज्ञा पालन गरि
परिवार सम्हाली बसेकी छु
यो पवित्र भुमिमा।

हो! दुःख र शुख
आउछन जान्छन
तर रामदेव सेतु
बुवा! आज पनि उस्तै छ।

हो तपाईको सपना
एउटा वास भुमीको
मैले पुरो गर्न सकिन
त्यो पनि संसदमा
अल्झीए अलझ्यै छ
सगांल्न गाह्रो भो बुवा।

तपाईको त्यो अन्तिम
भाशण सुन्ने गर्छु,
सुके पोखरीमा
होण्डाको अराजकता
याद आउने गर्छ आज पनि।

मान सिहंको भुत बनाई
लेफ्ट सरकारले रात भरी
हाउगुजी देखाउदा
नानीलाई कोक्रोमा हाली
चिहान घारीमा सुतेको हिजो जस्तो
 लाग्छ बुवा।

आज मामाले मेरी घोड़ी
हें हें गर्दा तिम्रा सौर्यको याद गर्छन
नत्र हामीलाई मान्छे गन्न छोड़े
तर,भोलीको निम्ति भाषा
बचाउने काम गर्दैछु नी बुवा ।

तपाईलाई कस्तो छ
एका एक गर्दै सन्तान
यहाँबाट घटदै जाँदा
स्वर्गमा मिलन भयो होला
भनि ठानेकी छु, प्रश्नै-प्रश्न
छ मनमा बुवा!

यो महामारीको युगमा
मुख नाक छोपी
कानै मात्र ठाड़ो पारी
हिढ़ने गर्छु तर्किदै तर्किदै
तरै पनि थाहा छ आज बाबा- औंशी भनी
शुभकामना सबै बुवाहरूलाई।




Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा