नेपाली भाषा मान्यता दिवस 20.8.21

नेपाली भाषालाई खस भाषा,पहाड़ी भाषा पनि भनिन्छ। यो भाषा नेपाल अनि भारतवर्षमा बड़ी बोलिन्छ, साथै एउटा सरकारी भाषाको रूपमा पनि लिईएको छ। साथै नेपाली भाषी विश्व भरी नै छरिएर बसेको हुनाले भाषाको विकाश भएको छ।
यो भाषा संस्कृत भाषाबाट आएको हो। यसको लिपी देवनागिरी हो।
यो निकै पुरानो भाषा हो। गढ़बाल, कुमाउनी र नेपाली भाषा प्रायः एकैजस्तो सुनिन्छ।
यो भाषाको विकास साह डाईनेस्टिदेखि भएको भन्ने ईतिहासले बताउछ।
1559AD.मा लोमजुङका राजकुमार दिव्य साहले गोर्खामा आफ्नो आदिपत्य जमाएपछि, उनकै सन्तान पृथ्वी नारायण साहले छेत्री, गुरूङ मगरहरूलाई लिएर सैन खड़ा गरे। त्यसपछि गोर्खालाई खसहरूको गढ बनाए। त्यसै खस भाषालाई गोर्खाली- नेपाली भाषा भन्ने गरियो।
यो भाषा विशेष पहाड़मा बोलिने गर्थ्यो र यसलाई पहाड़ी भाषा पनि भनिन्छ। त्यसपछि यो गोर्खाली भाषा हुदै नेपाली भाषामा प्रचलित हुन गयो।
भारत स्वतन्त्र हुन अघि भारतमा पहाड़ी क्षेत्र अनि बनारसमा नेपाली भाषाको प्रचार प्रसार थियो।
आज पनि भारतको पश्चिमाञ्चल, मध्याञ्चल अनि पुर्वाञ्चलमा साथै बनारसमा नेपाली भाषा विश्वविद्यालयमा पढ़ाईन्छ। पिएचडीसम्म यस भाषामा गर्ने सौलियत प्रदान छ।
आज कै दिन 20.8.1992मा भारतको संविधानमा पनि यो भाषा अन्तरभुक्त भएको हो।
तर धेरै जसो वर्तमान भारतबासीहरूलाई नै भूगोलको त्यति ज्ञान नहुदा, छिमेकी राज्यको नाम नेपाल र नेपाली भाषी भएकोले यो कुरो थाहा नहुदा, भारतेली गोर्खाली नेपाली भाषी नागरिकहरूले विदेशी भन्ने लान्छन सहनु पर्छ।
भारतको दार्जिलीङ्गलाई "गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिसट्रेसनको" सौलियत प्रदान छ। तर पुर्ण राज्यको मर्यादा भने दिएको छैन तसर्थ यो दुई तीनवटा नेपाली बहुल क्षेत्र पश्चिम बंगाल राज्यभित्रको जिल्ला हो।
भाषाको आधारमा भारतवर्षमा राज्य गठन भएको हुदा, यहाँका नागरिकहरूले पनि आफ्नो छुट्टै राज्यको मांग सरकार समक्ष राख्ने गरेको सय वर्ष भन्दा बड़ी भयो । तर वर्तमानमा भने पिपीएस, बाह्र जातगोष्ठीलाई अनुशुचित जनजाति बनाउने भन्ने राजनैतिक चाल खेलमा यो जाति अल्झिएका छन।
त्यसै त यो भाषा मिल्ने ,बोल्ने राज्य सिक्कीमा पनि यहि गोर्खाल्याण्डसित जोड़िएको राज्य हो।
तर त्यहाँ नेपाली साथ साथै सिक्कीमीज भाषा पनि प्रचलित छ।
नेपाली भाषा र हिन्दी भाषामा पनि धेरै समानता पाईन्छ। जुन भारतको राजकीय भाषा हो।
हिन्दी भाषामा सबै प्रकारको सौलियन भारतमा छ। आईएएस, आईपिएसका परिक्षा दिन सकिन्छ तथा सासंद सबैमा यो भाषामा बोलिन्छ ,लेखिन्छ, र नेपाली भाषालाई पनि यो सौलियत हुदा हुदै पनि नेपाली भाषामा भने बाह्रसम्मका पुस्तकहरू नेपाली भाषामा पाउन हम्मे हुन्छ।हुनत वि एषसम्म अरू विषयका पुस्तकहरू छन तर बहुतै कम छन। कारण हामीमा एउटा भ्रम छ, अग्रेजी भाषा नजाने हाम्रो ईज्जत हुन्न, नोकरी पाईन्न आदि।
तर भर्खरै ईगल्याण्ड,स्कटल्याण्ड भ्रमणपछि मैले चाल पाएँ भने त्यँहिका मानिसहरू पनि अग्रेजी सबैले बोल्दैनन केवल लिपी मात्र अग्रेजी छ तर भाषा भिन्न छ।
तर अग्रेजले छाड़िगएको वर्षौ भए पनि यस भाषाले हामीलाई अझ शाशञङन गरिरहेको छ।
भाषा यति बलवान हुन्छ त्यो हामी आजको स्थितिबाट बुझ्न सक्छौ।
तसर्थ मेरो सुझाव भनौ या शिक्षा यहि छ, विश्वको जुनै कुनामा बसे पनि आफ्नो भाषालाई नभुलौं। अग्रेजी भाषामा पारगंत भए पनि तिमीलाई कहिले अग्रेज भन्दैन।
भाषा जति धेर जान्यो उति अशल तर आफ्नो भाषा भुले जाति मासिन्छ, जाति मासिए अस्तित्वको पतन हुन्छ ।
आफ्नो भाषाको विकाश जातिको विकाश हो। अन्यभाषाको पनि सम्मान गरौं।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा