उसको कथा



कथा उसको हो
न उ सिमाना बाहिर छ
न उ सिमाना भित्र पर्छ
तर उसको कथा
 यसरी अलमलिन्छ।

सबैको चाकर गर्छ
विश्व भरि दौढ़न्छ
जागरिलो,रसिलो मान्छे
कहिले आलश्य छैन
उ बीर छ तर कतै अलमलिन्छ।

न धनी छ न ता गरिब नै
नमिठो जीवन छ या मीठो नै
त, उसलाई देख्नेले
साफ सफाई अनि चिटिक्क
खानदानी देख्छ।

सुनकेसरी रानी जस्ती
छोरीहरू छन
कलकलाउदा गोरा
गीद्धे आँखा उसैमा हुन्छ
जनताको जिब्रोमा हाड़ हुदैन।

कथा उसको हो
गदेको  माल वस्त्रमा पनि
उ सजिन्छ चिरीच्याट्टै
दुनियाँको सिमा शुरक्षामा
बिरता तकमा हो उ!

कथा एक दिन
घुम्दै घुम्दै
तीन सय साठ्ठी डिग्रीमा
कतै त्यो पारी गोरेहरूको जस्तो
हुन सक्छ,सिमा बाँध्नै नपर्ने।

कथा उसैको हो
व्यथा उसैको हो
जसको अनुहार र
दश औंलाहरूमा
जादु छ हजुर जादु!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you