बसन्त(Mysterous.. boy.short film)

हिज ताः 29.8.21को दिन 'बसन्त" सर्ट फिल्म "Basant,the Mysterous boy"को प्रिमियर , सेवा केन्दमा सुसम्पन्न भयो। यसका निर्देशक लेखक कलाकार श्री कृष्ण गुरूङ अनि कार्यक्रम अध्यक्ष श्रीमान दिनानाथ शर्माज्यु, रूबेन गुरूङ तथा पृष्ठभुमिका सम्पुर्ण कलाकारहरूलाई मुरी- मुरी बधाई तथा शुभकामना।
हिज धेरै प्रेस तथा पोटलका पत्रकारहरू पनि सामेल भएका थिए।
प्रायः सबैको मन्तव्य अनुसार सर्ट फ्लिम सिलगड़ीबाट निस्कने शुरूवात भएकोमा हर्ष व्यक्त गरे  ।
के सिलगढ़ीमा यस्ता चलचित्रको स्कोप छ भन्ने प्रश्नहरू प्रेशले गरिरहेका थिए।
 यसको उत्तरमा मेरो मन्तव्य के छ भने स्वच्छ मनले , अथक परिश्रमले गरेको काममा अवस्य फल- फुल लाग्ने छ।  आजको युगमा चाहिदो विषय बस्तु हुन जरूरी छ। आजकल युटियुबरहरूले दिन प्रतिदिको दैनन्दिनीको कुरा कानी साझा गर्दा मात्र पनि पैसा कमाउदैछन। अन लाईन क्लासहरू गरेर पनि पैसा कमाउदैछन भने सर्ट फ्लिमको अवस्य स्कोप छ । तर यसको प्रचार प्रसार गर्ने तरिका सठिक हुन पर्यो।
सिलगढ़ी एउटा महा-सहरमा बदलन्दैगरेको अवस्थामा छ। चारवटा अन्तराष्ट्रिय सिमावर्ती रेखाले घेरिएको चिकन नेक हो भने पुर्वोत्तरको करिडवर पनि हो। यस्तो पाईक परेको स्थानमा हाम्रो यो  गोर्खा बहुल क्षेत्र भएर पनि हामीले उन्नति व्यवसाय बानिज्य ,विभिन्न स्थरमा गर्न सकेनौ भने त्यो हाम्रो कमजोरी हुनेछ। तसर्थ हामी यहाँ शिक्षित जमात पनि धेरै छौ। साथै विभिन्न ठाउँहरूबाट आफ्नो अनुभव बटुलेर सेवानिवॄत्त भई यस ठाँउमा आएर बसोबास गरेका छौ, वहाँहरूको अनुभवलाई लिएर प्रयोगमा ल्याई हाम्रो सहर सिलगढ़ीलाई यस्ता कार्य गरि अघि बड़ाउन सकिन्छ।
प्रस्तुति, कलाकारिता सानो बजटमा भए पनि सराहनिय थियो। साउण्ड, धुम्रपान निशेद आदेशलाई समावेस गरेर,केही सुधार गरि प्रतियोगिताको निम्ति पठाईए असल हुने सुझाव सबैले राखे।
बोक्सी भनी हेला होचो गर्ने समाजको रूड़ीबादलाई हटाउनु पर्ने प्ररणा प्रदान गरेको शिक्षा मूलक विषय वस्तुले कुशंशकार हटाउन पर्ने शिक्षा प्रदान गरेको छ   
। हाम्रो समजमा चलिआएको झ्याँक्री प्रथा पनि साह्रै नकारात्मक नभएर यसको सठिक प्रयोग गर्न सके मनो विज्ञानमा यसले फायदा पुर्याउन सक्छन जस्तो मलाई लाख्छ ,तर यो एउटा शोधको विषय हो, यो विद्यालाई सकारात्म कार्यमा लगाए यो एउटा हाम्रो परमपरा पनि हो।
तर नकारात्मक कार्यमा लगाए यसले समाजमा विषको काम पनि गर्छ। जे होस भुत, आत्मा , अकाल मृत्युका कतिपय तथ्यहरू सावित भएको पनि हामीले सुनेका छौ,यस्तो विषयले जिवनमा भयबादको शृष्टी पनि गर्ने गर्छ। तर हामी आत्मा, पुनर जन्म, सुपर- पावर, परमेश्वरमा विश्वास गर्छौ भने यस्ता कुरोहरूलाई स्याट्ठै नकार्न पनि सकिन्न।
जे होस यस चलचित्रले हामीलाई सोच्न बाध्य बनायो।
एउटा मेरो जिवनमा घनेको घटना साझा गर्न चाहें , राखीको दिन थियो मेरा एक जना दाई  गाढ़ी चालक थिए, उनले त्यसदिन रिजब पेसेञ्जर पाएछन कुचबिहार जाने र बिहान हतारमा थिए जानलाई। म भने राखी लगाईदिन तैयार भएर निस्के, दाईलाई बाटामै जादै गरेको देखे र भने किन यति हतार दाई राखी लगाउनु होस, वहाँले भन्नु भो मन्दिरमा राखि दे, भाउजुलाई लगाई दे म भरे आएर लगाउछु।
रात परिसक्यो दाई आएनन, कसैको घरमा बत्ती गएको छैन हाम्रो घरमाषभने बत्ती अन- अफ, अन -अफ  हुन्छ घरी गरी, हावा हुरी चली सबै बत्ती झ्याप्प- झ्याप्प निभाउन खोज्छ। अचम्भ भो, ईलेकट्रिशियनलाई बोलाएर सबै हेरी सक्यो केही बिग्रेको छैन,।
    दुई दिनपछि चाल पाँयौ त्यसै समय रहेछ, मेरा दाईलाई डकैतहरूले कोतवाली थाना छेउ मडर गर्दै थिएछन गाड़ी चोरी बांगलादेश बोडर कटाउनको निम्ति,यो 1996, रक्षा बन्धनको दिनको घटना हो। सपनामा पनि आए दाई ,
उनले भने मलाई मार्ने अल्गो,गौं गोरो मानिस छ, कपाल लामो हेर्नमा सञ्जयदत्त जस्तै ,कुपरो- कुपरो परेर हिड़छ भनेर गए  त्सस दिनदेखि आजसम्म म उनको मन्दिरमा रक्षा बन्धन राखिदिने गर्छु।
खोज खबर लियौ, गाड़ी पाईयो, खुनै- खुन रहेछ, धेरै बेर बाँच्ने प्रयास गरेछन तर अन्तमा प्राण त्यागेछन।
हामीले कसलाई केश गर्ने, कसलाई सजाय दिने केही गर्न सकेनौ तर गाड़ीको केशको शिलशिलामा केहि समयपछि कोतवाली थाना ऋजादा एउटा कैदिलाई पक्रा गरिएको रहेछ।
दीरोङ्गा साहाबले हामीलाई देखाए यो गाडी चोर मडरर हो,यसो हेर्दा दाईले सपनामा भनेको त्यस व्यक्तीको हुलिया ट्याक्कै त्यो केदीसित मिल्दो- जुल्दो थियो ।
त्यसरी नै अर्को कुरो, सायद दाई केही बेर रोकिएर रक्षा बन्धन लगाई गएका भए रक्षा कवज हुनेथियो की भन्ने मेरो मनमा थक -:थकी भई नै रहन्छ।
जे होस यो बसन्तले धेरै कुरो याद दिलायो। अन्तमा यी कलाकारहरूको उत्तोरतर वृद्धीको कामना गर्दछु ।। 

Comments

  1. चासोको बिषय वस्तुहरू

    ReplyDelete

Post a Comment

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा