युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने , सिलगढ़ी जिल्ला दार्जिलीङग(अनेसास सिलग़ढ़ी च्यापटर) प्रायोजक समवाद सञजाल, पाक्षिक नराँ दिल्ली।

युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार 
डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिने 

सिलगढी, दार्जिलिङ । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरले पहिलोपटक प्रदान गर्न लागेको युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक साहित्यकार डा. गोविन्दराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा नगद भारु एक्काइस हजार राशीसहित अंग बस्त्र तथा स्मृति चिन्ह प्रदान गरिनेछ । सो निर्णय च्याप्टरकी अध्यक्ष लतिका जोशीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो । 

सो पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नु भएको हो । 

यस पुरस्कारका जुरी संयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार साहित्यकार राधेश्याम लेकालीले सो पुरस्कारका लागि डा. गोविन्दराज भट्टराईको नाम सिफारिस गर्नु भएको हो । 

वि. सं. २०१० साउन १२ गते च्याङ्थापु, पाँचथरमा जन्मिनु भएका डा. गोविन्दराज भट्टराईका उपन्यास, कथासङ्ग्रह, निबन्धसङ्ग्रह, समालोचना गरी दर्जनौं कृतिहरु प्रकाशित रहेका छन भने अनुवाद र सम्पादनका दर्जनौं कृतिहरु पनि प्रकाशित रहेका छन । 

डा. भट्टराईका उपन्यासहरु मुगलान (२०३१), मणिपुरको चिठ्ठि (२०३४), सुकरातका पाइला (२०६३) सुकरातको डायरी (२०६८) रहेका छन । 

यसैगरी यात्रा-निबन्धका कृतिहरुमा एक्लै एक्लै एक्लै (२०६०), विश्वविद्यालयमा अग्निपूजा (२०६१),सङ्गै बसौँ यो रात (२०६४), गोधूलीमा दश पाइला (२०६६), मिर्मिरेमा दश पाइला (२०७०), आराधना (२०७६)  अंग्रेजी निबन्धसंग्रह पिल्मिग्रेजिजबाट (अनुदित) मेरो पहिलो बेलायत यात्रा (२०७६) प्रकाशित रहेका छन ।


यसैगरी कविताकृतिहरुमा एक कल्प (२०७१) र भूकम्प प्रार्थना (२०७७) हुन भने समालोचना : सिद्धान्त विधामा काव्यिक आन्दोलनको परिचय (२०४९), पश्चिमी बलेँसीका बाछिटा (२०६१), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१), उत्तरआधुनिक  ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समयबोध र उत्तरआधुनिकता (२०६९), डायास्पोरा सिद्धान्त र समालोचना प्रकाशित रहेकाछन । यस्तै जीवनी, आत्मसंस्मरणमा सम्झनाको सागरमा केही दिन (२०७७) प्रकाशित रहेको छ । 

डा. भट्टराईका अंग्रेजीमा प्रकाशित कृतिहरुमा 
An Introduction of Linguistics  (1985), Methods of teaching English. (1986), An Introduction to literature (1987), An Introduction to  Translation  Studies (2000), Pilgrimages (Collection of Essays, Ed. Sajan Kumar)  (2016) आदि प्रकाशित रहेका छन । 

यसैगरी डा. भट्टराईका नेपालीबाट अंग्रेजीमा अनुवाद भएका कृतिहरु Selected Nepali Essays (2003), Selected Stories from Nepal (2004), Stories  of Conflict and War (2007), Declaration of New God (2008), Contemporary  Nepali Poems (2013) र Bhanubhakta's Nepali Ramayana आदि रहेका छन । 

यसैगरी डा. भट्टराईका अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएका कृतिहरु हानी नगरौँ (२०६०), मेरी वी  एन्डरसनको (डू नो हार्म १९९९), गान्धी (२०६६) र  पूर्वीय सभ्यताः विश्वविख्यात विद्वानहरूको दृष्टिमा (२०६९) रहेका छन । 

डा. भट्टराईका अरुद्वारा नेपालीमा अनूदित कृतिहरुमा अनुवाद अध्ययन परिचय (२०६४), Translation of An Intorduction to Translation Studies   अनुवादक— बलराम अधिकारी, आराधना (निबन्धसंग्रह २०७६ Translation of Pilgrimages) अनुवादक टेकनारायण ढकाल र अरुद्वारा अंग्रेजीमा अनूदित कृतिहरु Socrates' Footsteps ( 2010 Translation of my novel), सुकरातका पाइला by Bal Ram Adhikari, Muglan (2012 Translation of my novel  d'unfg by Lekhanath Sharma Pathak) रहेका छन । 

डा. भट्टराईले सम्पादन गर्नु भएका नेपाली कृतिहरु द्वन्द्व र युद्धका  कथा (२०६३), पच्चीस नेपाली स्रष्टाका कथा विष्णुविभु घिमिरेसित सह–सम्पादन, पूर्वीय चिन्तन परम्परा (२०६४), आरम्भ अघिका शब्दहरू (२०६४) कृष्णचन्द्रसिंह प्रधानका भूमिका सङ्कलन, निबन्धमा उत्तरवर्ती कालखण्ड (२०६५ प्रा. अभि सुवेदीका निबन्ध), सिमसारका राजदूत (२०६५), मोहन कोइरालाको काव्य प्रकाशक, लेखक (मोहन कोइराला विशेषाङ्क २०६६), झापा दिग्दर्शन (२०६७), कमलराज रेग्मीः विविध आयाम (२०६९), कृष्णभूषण बलका बाँकी रचना (२०७०), पं. कृष्णप्रसाद शर्मा वस्ती स्मृतिग्रन्थ (२०७३), पं. चिदानन्द भट्टराईकृत संक्षिप्त आत्मवृत्तान्त (२०७२ पौष), दमक दर्पण (२०७३) नेपाली वाङ्मय प्रतिष्ठान, समालोचक गणेशबहादुर प्रसाईं स्मृतिग्रन्थ (२०७५), अनुवादक परिचय कोश (२०७५), 
अनुवाद सन्दर्भ ग्रन्थ (२०७७) आदि रहेका छन । 

डा. भट्टराईले अङ्ग्रेजीमा सम्पादन गर्नु भएका कृतिहरुमा Kavita (issue 78 Nepal Academy 2002), Byond the Frontiers: women's stories from Nepal ( 2006), Two Faces of a Coin (2008), Sani's  Valour (2010), Parallel Sky (2011), A Flower in the Midst of  Thorns (2012), Selected Poems (2013) रहेका छन । 

डा. भट्टराईले यसअगि महेन्द्र विद्याभूषण प्रथम श्रेणी (२०५८), सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीबाट अभिनन्दन (२०६१), अनेसास सर्वाेत्कृष्ट कृति पुरस्कार (२००७), नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान (२०६५)र खेमलाल हरिकला लामिछाने डायास्पोरा पुरस्कार (२०६६ मस्को, रुस) लगायत दर्जनौं पुरस्कर र सम्मान पाउनु भएको छ । डा. भट्टराई अनेसास केन्द्रीय समिति (२०१०-२०१२)को सल्लाहकार पनि हुनुहुन्थ्यो । 

च्याप्टरले यसअगि लक्ष्मीकान्त जोशी अनुवाद राष्ट्रिय पुरस्कारको लागि अनुवादक एवं समालोचक डा. जीवन नामदुङलाई प्रदान गर्ने निर्णय गरिसकेको छ । दुबै पुरस्कारहरु आगामी २४ अक्टोबरमा सिलगढीस्थित बर्षाना भवनमा समर्पण गरिनेछ । 

लतिका जोशी
अध्यक्ष 
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टर

Comments

Popular posts from this blog

लाै घुम्न जाउ दार्जीलिङ

मित्रता

यावा