मिरिक तिम्रो सुन्दरता

मिरीक! तिम्रो सुन्दरतामा म
सदा मख्ख पर्ने गर्छु
चियाका मुनाले वोलाउछन
शितल लहरले पसिना पुच्छन लाउछन
तिमीलाईदेखि सदा शान्त रहने ईच्छा जाग्छ
हरियो वनका धनी थियौ होली
चियाका मुनाले ढ़ाड़ा- काड़ा 
टम्म मिलेको देखाउदा
अझ शसुन्दरी देखिनछ्यौ तिमी
सदा वाहर सुस्वास्थ्य छौ तिमी
तर तिम्रा सन्तान भने
कहिले काँही गुनाशो गर्छन
तिम्रा जराहरू अव वुड़ो भयो रे
गाई वैली भई सक्दा पनि
मुर्खले दुध दुए जस्तो मात्र हुन्छ
यदी तिमले पालुवा नफेरे
फेरी एक चोटी नयाँ विरुवा नलाए!
तर म रैथाने भएर मख्ख छु
भने ती पर्यटकहरू रमाएको देखें मैले
श्रमिक पनि त्यसरी खुशी होउन
सँन्चो छ छैन मुनाले सोधदैन कहिले
सदा हत्या गर्छौ दुई पात एक सुईरोको
तर गान्धीका चित्र भएका
कागजका नोट देशमा छर्चौ
देश र मालिक धनी बनाउछौ
व्यपार वड़ाई देश विदेश मगमगाउ छौ!
वस समस्या छ त वोनस र श्रमीकको
श्रमलाई भोकले मार्ने
देशमा मुद्रा सदा छर्ने
मलिकको ढ़िकुटी भर्ने
श्रमलाई निम्बु झै निचोर्ने
कहिले यसको दिन फर्कने??
तर म मक्ख छु  तिम्रो स्वच्छता देखेर!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा