सर्जकहरू


कहिले काँही 
सर्जकहरूलाई देख्दा
वहाँहरूको फिल्टर
भएर आएको 
मनोबल देख्दा
आश्चर्य लाग्न लागेछ!
हो त दाईत्य बोध
 र  साँप -सिँड़ीको खेलमा
म कहिले आफुलाई
तल पुगेको देख्छु
भने कहिले काँही
भर्याङ  चड़दै
माथि पुगेको पाउछु!
दोष कसैलाई दिन
भन्दा पहिले कोट्याउदैछु
मैले चालेका दुई पाईला
कतै उनलाई घोँचने
सुईरो त बनेनन् कतै!
जे होस गृष्म या शितलमा
मैले पाईला चाल्न
छाड़ेकी छैन् भन्छ उ,
गोटी चल्न छाढ़े छैन उ,
यो होड़को बजारमा
पाठकहरूसित 
तालमा- तालमिलाई
उ अघी नै बड़ने
कोशिशमा छ,
 खेल न हो ,
यो जिवन घड़ीको
पेण्डुलम जस्तो
रहेछ त्यहाँ यसले
समय देखाउँदै मलाई
हल्लि रहेको छ भने
म पनि कहिले
तल त कहिले माथि
यस्ता सर्जकहरूसित
चाकाली चुकुलि 
खेल्ने गर्छु भने
अहिले साँप -सिड़ि
खेलसित खेल्दै अघि
बढ़ने गरि रहेको
पाउछु उसलाई अनि
म आफैलाई पनि
अनिता पुस्तक फेरी
बोल्ने गर्छ मलाई
तिमी खेदछौ या बेच्छौ

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you