हराएछ



अहो! सबै खुलिएछ तर
एकता हराएछ
पुजा मण्डप हेरन सजिएछ
तर आस्था हराएछ
अहो जीवन सजिलो पो भयो की भने
तर अझ सारो गाँठो परेछ
जीवनको आकंक्षा भन्दा धेर बाध्यता पो
भएछ क्यार होसै हराएछ
हो ताल मेल नमिलेको आदेश स्वीकारेर
अब परिवार उसले विस्थापित गर्ने भएछ
त्यो हल्लिएको मेजमा कालो चस्मा
लगाई उ बस्न लागेछ
त्यै मेजमा बसी गुरूले पैसा कमाएकोदेखि
त्यै मन्त्रले सरिरमा काँड़ा बिछाएछ
थुक्क नेता हो यसरी एका एक गर्दै
विकाश र अस्मितालाई टुक्रा टुक्रा पारी सत्य
अब दार्जिलीङ्गबाट हराएछ
घरमा गाड़ी र परिवारमा धोकाले कमाएको धन
भा पुग्ने परिभाषा सिकाएछ
नैतिकता र ईमानदारिता यहाँको परिवेशबाट
हराएछ नी अब तर
  म न दशैको शुभकामना दिन सक्छु मित्र 
उड़ान भर्न अघी एउटा पखेटो काटिएको
नाङ्गो लज्जित भएको आफैलाई देख्छु
अरूलाई दोष्याई रहे जातिको गुणगान गाएँ
तर टेबलमा नेता विकेको पाएँ
अनिता एकता हराएको पाँए

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you