हाम्रो संसार

हाम्रो संसार

हाम्रो ससांरमा आज
खड़ेरी परेको छ
यो रम झम झरीमा
माया र एकता वगेको छ

हुने काम भन्दा धेर
स्वार्थ निजी लुकेको छ
वाध्यता छ जनतालाई
नेताहरू विकेको छ

चियाबारीमा मालिक व्यपारी
रग रगी चलखेलमा छ
श्रमिकलाई वजारै अधेरो
दशैंको नाना नपुगे कै छ

विद्यालयमा प्रधान अध्यापक
 नभयेनी चलेकै छ
गाड़ी हाक्न पाए बाटोको के वास्ता 
टोल तिर्न नी पैसा पुगेकै छ

कुरा ठुलो ठुलो हांकछन
राज्यको महाविद्यालय ल्याउन बर्षौ लाग्यो
अर्थ न बर्थ लेक्चर छाटछन
केन्द्र कै ताक्छु भन्छन

खै त् जावो पेय जलको परिवन्द
शितोशन मरूभुमि वनिसक्दा
गाग्री र खाली जेरकीन ओराह्लो गुढ़दा
नदी उल्टै उर्लाउ छु भन्छन

एम पी वनाये मत्री पनि बनाये
यै दार्जीलिङ्ग सिटले
अझ पनि मुद्दालाई बिचारै गर्छु भन्छन
हाम्रो एउटा भाको भाग खोसे कै छ

आतंकीले कश्मिरमा वन्दुकले तर्साउछ
दार्जीलिङ्गमा शित वम पढ़काउछ
पुर्वमा भाग्ने भगाउने खेल देखाउछ
 तरै पनि पर्वमा छिटको साड़ी मखमली चोली नाचेकै छ!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा