साङरिला सिलगढ़ी(भानुभक्त समिति)
जौं साङरिला बुक ईण्डिया!
आजको शनिबार सिलगढ़ीमा हामी कति व्यस्त थियौं एकातिर "शब्द समय" शुसन गुरूङ साथीको दावत, निता तामङ साथीलाई माईतको रमझम देखाउनु थियो, साथै सिलगढ़ीको जाम र गर्मी जुलुम थियो। त्यसै माथि शब्द समयमा आज लोड सेडिङ दिवस परेछ। तरै पनि शब्द समयलाई केही अशर परेन,कार्यक्रम यथावत रोचक भयो।
त्यसपछि निता साथीलाई लिएर,शुसन साथीलाई विदा दिएर टोटो सवारी शुरू भयो।विस्तारै समयमा नै साङरिला बुक ईण्डिया आई पुग्यौ बीर जवान चौक, भानुभक्त समितिको पहिलो तल्लामा।
आहा त्यहा लाईट पंखा र चियाले केही समय थकान मार्यौ। नयाँ नयाँ पुस्तक हेर्न सुमसुमाउन र पढ़न पाउदा आनन्द विभोर भयौ। प्रणय गुरूङ भाईको गीत र अर्का भाईको गीटारले साझ रमाईलो भयो। केही प्रश्नोत्तर मनोज भो, भाई अनि राजा पु, भाईसित राखें,कारण केही जिज्ञाशा थियो मनमा।
धेरै नकारात्मक कार्यले मन अमिलो पार्छ भने, केही सकारात्मक कार्य हाम्रा अनुजहरूले गरेकोदेखि मन प्रशन्न भयो। भुपीशेरचन्द शाक्षि छन दुवार अञ्चलको कलाकारिता। हामी पनि फोटोमा यस्तो दृश्यलाई कैद नगरी सकेनौ।
मनोज भाईसित निकै बातचित भयो।वहाँहरूले यो पुस्तक पशललाई लाईब्रेरीको रूप दिएका छन।प्रोजेक्टर र स्टुडियो जस्तो सजाएका छन।हरेक शनिबार आईतबार यहाँ साहित्यिक गोष्ठी, साहित्य चर्चा परिचर्चा, दार्जीलिङको कलाकारले आफ्नो भविष्य बनाउन किन विदेशिनु पर्दैछ, जबकी यो अञ्चलले सदा मार्ग दर्शन गरेको थियो, त्यस्तै मलिलो वातावरण फर्काई ल्याउने वहाँहरूको मनसाय सुनेर अति आनन्दित भयौं।
वर्तमानमा हामी सोचने गर्छौ आजका नानीहरूले भाषाको ईज्जत राख्नाल त्! तर आज म निर्धक्क छु हामीले भन्दा राम्रो सोच वहाँहरूले राखेका रहेछन। पुस्तक प्रकाशन गर्ने भविश्यमा साथै पाठकलाई लुभाउन सक्ने सरल र रोचक पुस्तकले प्रकाशनमा आउने मौका दिने यहाँहरूको सोच सराहनिय छ। माता सरस्वतीले आशिर्वाद दिउन। कार्य यहाँहरूको सफल होस यही कामना छ।
लौ जाउँ साङरीला बुक ईण्डिया बीर जवान चौकमा
बीर लेखक र कलाकारको त्यहा जमात छन।
आउनु होला दार्जीलिङ चिया र दक्षिणको कफीको स्वाद सँगै पुस्तक पढ़ौ , किनौ अनि आफ्नो कृति प्रकाशमा ल्याउने जमर्को गरौ।
Comments
Post a Comment