चन्द्र यान



कति चावले हामी
चन्द्र तिमी तिर फर्की
हेरिरर्ह्यौ तिमीलाई
धरतिमा उतार्ने ईच्छा,
थाहा छ तिमी सदा
लुकामारि खेल्छौ
हामीसित शितल भै
हाँस्छौ अनि हँसाउछौ
यो हृदयलाई 
शान्त तुल्याउछौ
तर तिम्रो हृदय चिर्न
एउटा मायाको चिन्ह
पठाएका हामीले
निष्ठुरी कसरी लुकायौ
हामीले चालै नपाई
कहाँ ढाकी राखेका छौ?
तिम्रो माया निष्ठुरी
तिम्रो छाया निष्ठुरी
भो ! नखरा नगर
आज हेर्दीन तिमीलाई
बर्षौ मेरो मन चोर्यौ
कति माया गरें 
दिनरात टेलेसकोप
लगाई तिम्रो सुन्दरता
नेत्र तिप्ति गर्दै बसे
कति दुरी तय गरी
प्रेम पत्र तिमीलाई
सेल्फी तिम्रो पाउन्,
ईसरोको सहारा लिएर
 मेरो मुटु पठाए,
चिरेर पठाउ या सेल्फी
तिमी तिर हेरी बसेको....
कुरी रहेछु प्रेम पाउन्
केही त बोल प्रिये!
मेरो हृदयको धढ़कन
सुनी देउ, मेरो निन्द्रा
नयनमा फर्काई देउ
केही तस्विर तिम्रो
मलाई पठाउने गर
सम्पर्क कायम गरी
प्रेम सफलताको
शंकघोष गरिदेउ प्रिये!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you