नवरथा 2020_ 2021

2020
नवरथा

कसो कसो खुशीमा
दुःख घोल्न
तिम्रो हाम्रो शत्रु थाहा नपाई
पसिगो घरमा!

म पनि तैयार थिए जंगमा
शक्तीको आरधना शुरू गरें
हतियार,मास्क,सेनिटाकजर
शुरू गरें पुजा!

तुलशी, दुर्वा,फल र फूल
ईश्वरमा भोग लगाँए
त्यसैको रस काड़ा बनाई
परिवारलाई पिलाएँ!

अझ चार दिन लड़ाई
जारी छ त्यससित
म सख्या घटाउने ततपर्तामा
शत्रु छ बड़ाउने पक्षमा।

तापमान शन्तुलन अनि निम्बु मरिच
साथ राखि नजर उतारें
दियो र कपुरले लक्ष्मन रेखी
लौ मेरो युद्ध जारी छ।

सिमान्त यो कमरादेखि उ कमरा
माझमा सुरूङ बनाए छु
शैनिक मेरा पानी र राशन
छन ल्याउन व्यस्त।

बिजयासम्म शत्रु परास्त
 पार्न लागि परेकी छु
तिमीलाई पनि न्यौता छ
दशमीमा हुने छ शकं - घोश!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा