तिमी डराउदै आउनु

तिमी यहाँबाट जाउ भन्दा
मेरो जग बसेको कथा सुनाउछु

सिमामा बसेर आतकं किन?
राजधानीका शाशक ईष्ट होलान

तर तिम्रा परिवार पिरोलिदाँ
त्यही भूत गाउँले पानी पिलाएको हो।

यति चाड़ै भुल्यौ..वा मौन छौ?
कस्तो छ  तिम्रो प्रबृति हेर त्!

म त् फेरी भुक्म्पलाई निम्त्याउछु
त्यहा मानवता र एकता थियो

न कि घिनलाग्दो राजनिति
अब उसो मलाई लखेटन अघी सोच!

जग बसेको कथा पड़ेर आउनु
मलाई सताउन अघी तिमी फेरी,

तिम्रो दरवाजा र खिड़कीको कब्जाका
काटींहरूको खिया मुसार्दै आउनु।

हातमा लागेका लालीमा
कमेजको फेदतिर नदेख्ने गरि
पुछदै सकलो भएको भान गर्दै आउनु।

मेरो कर्म र देश भक्तीको पाठ
मन मनै याद भए पनि विर्से झै गरि आउनु।

विस्फोटको तरड्ग नाप्दै आउनु
स्वार्थ पुर्ती सधै सठिक निशाना नलाग्ला ।

 माफी माग्दा  परिवारमा
मलाई जाउ भन्न आउनु....
मेरो जग बसेको ईतिहास....
 
बर्तमान केलाउदैँ डराउदै
डराउदै  मलाई जिस्काउन आउनु....

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you