डा गोविन्दराज भट्टराईको सक्षिप्त परिचय

वि. सं. २०१० साउन १२ गते च्याङ्थापु, पाँचथरमा जन्मिनु भएका डा. गोविन्दराज भट्टराईका उपन्यास, कथासङ्ग्रह, निबन्धसङ्ग्रह, समालोचना गरी दर्जनौँ कृतिहरु प्रकाशित रहेका छन् भने अनुवाद र सम्पादनका दर्जनौँ कृतिहरु पनि प्रकाशित रहेका छन् ।
डा. भट्टराईका उपन्यासमा मुगलान (२०३१), मणिपुरको चिठ्ठि (२०३४), सुकरातका पाइला (२०६३) सुकरातको डायरी (२०६८) रहेका छन् । त्यसैगरी यात्रा-निबन्धका कृतिहरुमा एक्लै एक्लै एक्लै (२०६०), विश्वविद्यालयमा अग्निपूजा (२०६१), सँगै बसौँ यो रात (२०६४), गोधूलीमा दश पाइला (२०६६), मिर्मिरेमा दश पाइला (२०७०), आराधना (२०७६) अङ्ग्रेजी निबन्धसङ्ग्रह पिल्मिग्रेजिजबाट (अनुदित), मेरो पहिलो बेलायत यात्रा (२०७६) प्रकाशित रहेका छन् ।
कविताकृतिहरुमा एक कल्प (२०७१) र भूकम्प प्रार्थना (२०७७) हुन भने समालोचना : सिद्धान्त विधामा काव्यिक आन्दोलनको परिचय (२०४९), पश्चिमी बलेँसीका बाछिटा (२०६१), आख्यानको उत्तरआधुनिक पर्यावलोकन (२०६१), उत्तरआधुनिक ऐना (२०६२), उत्तरआधुनिक विमर्श (२०६४), समयबोध र उत्तरआधुनिकता (२०६९), डायास्पोरा सिद्धान्त र समालोचना प्रकाशित रहेका छन् । त्यस्तै जीवनी, आत्मसंस्मरणमा सम्झनाको सागरमा केही दिन (२०७७) प्रकाशित रहेको छ ।
TEST-phoenix-book
डा. भट्टराईका अङ्ग्रेजीमा प्रकाशित कृतिहरूमा An Introduction of Linguistics (1985), Methods of teaching English. (1986), An Introduction to literature (1987), An Introduction to Translation Studies (2000), Pilgrimages (Collection of Essays, Ed. Sajan Kumar) (2016) आदि प्रकाशित रहेका छन ।
त्यसैगरी डा. भट्टराईका नेपालीबाट अङ्ग्रेजीमा अनुवाद भएका कृतिहरु Selected Nepali Essays (2003), Selected Stories from Nepal (2004), Stories of Conflict and War (2007), Declaration of New God (2008), Contemporary Nepali Poems (2013) र Bhanubhakta’s Nepali Ramayana आदि रहेका छन् ।
डा. भट्टराईका अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिएका कृतिहरू हानी नगरौँ (२०६०), मेरी वी एन्डरसनको (डू नो हार्म १९९९), गान्धी (२०६६) र पूर्वीय सभ्यताः विश्वविख्यात विद्वानहरूको दृष्टिमा (२०६९) रहेका छन् । डा. भट्टराईका अरुद्वारा नेपालीमा अनूदित कृतिहरुमा अनुवाद अध्ययन परिचय (२०६४), Translation of An Intorduction to Translation Studies अनुवादक— बलराम अधिकारी, आराधना (निबन्धसंग्रह २०७६ Translation of Pilgrimages) अनुवादक टेकनारायण ढकाल र अरुद्वारा अङ्ग्रेजीमा अनूदित कृतिहरु Socrates’ Footsteps ( 2010 Translation of my novel), सुकरातका पाइला by Bal Ram Adhikari, Muglan (2012 Translation of my novel d’unfg by Lekhanath Sharma Pathak) रहेका छन् ।

डा. भट्टराईले सम्पादन गर्नुभएका नेपाली कृतिहरु द्वन्द्व र युद्धका कथा (२०६३), पच्चीस नेपाली स्रष्टाका कथा विष्णुविभु घिमिरेसित सह–सम्पादन, पूर्वीय चिन्तन परम्परा (२०६४), आरम्भ अघिका शब्दहरू (२०६४) कृष्णचन्द्रसिंह प्रधानका भूमिका सङ्कलन, निबन्धमा उत्तरवर्ती कालखण्ड (२०६५ प्रा. अभि सुवेदीका निबन्ध), सिमसारका राजदूत (२०६५), मोहन कोइरालाको काव्य प्रकाशक, लेखक (मोहन कोइराला विशेषाङ्क २०६६), झापा दिग्दर्शन (२०६७), कमलराज रेग्मीः विविध आयाम (२०६९), कृष्णभूषण बलका बाँकी रचना (२०७०), पं. कृष्णप्रसाद शर्मा वस्ती स्मृतिग्रन्थ (२०७३), पं. चिदानन्द भट्टराईकृत संक्षिप्त आत्मवृत्तान्त (२०७२ पौष), दमक दर्पण (२०७३) नेपाली वाङ्मय प्रतिष्ठान, समालोचक गणेशबहादुर प्रसाईं स्मृतिग्रन्थ (२०७५), अनुवादक परिचय कोश (२०७५), अनुवाद सन्दर्भ ग्रन्थ (२०७७) आदि रहेका छन ।

डा. भट्टराईले अङ्ग्रेजीमा सम्पादन गर्नुभएका कृतिहरुमा Kavita (issue 78 Nepal Academy 2002), Byond the Frontiers: women’s stories from Nepal ( 2006), Two Faces of a Coin (2008), Sani’s Valour (2010), Parallel Sky (2011), A Flower in the Midst of Thorns (2012), Selected Poems (2013) रहेका छन् ।

डा. भट्टराईले यसअघि महेन्द्र विद्याभूषण प्रथम श्रेणी (२०५८), सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीबाट अभिनन्दन (२०६१), अनेसास सर्वाेत्कृष्ट कृति पुरस्कार (२००७), नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान (२०६५)र खेमलाल हरिकला लामिछाने डायास्पोरा पुरस्कार (२०६६ मस्को, रुस) लगायत दर्जनौँ पुरस्कर र सम्मान पाउनु भएको छ । डा. भट्टराई अनेसास केन्द्रीय समिति (२०१०-२०१२) को सल्लाहकार पनि रहिसक्नुभएको छ ।


Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा