डा जीवन नामदुघज्युको सक्षिप्त परिचय

8 सितम्बर, 1951 मा पश्चिम बंगाल को दार्जिलीङ्ग जिल्लाको सोनाडाको मुंडा कोठीमा जन्मेका, जीवन नामदुंग भारतको समकालीन नेपाली साहित्यका प्रमुख साहित्यकाहरू मध्य एक हुन।
साहित्यिक यात्रा:-
वहाँले 1970 अनि80 को दशकका सक्रिय साहित्यिक पत्रिकाहरूमा लेखन कार्य गरे भने पत्रिकाहरूको सम्पादक को रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गरे। जस्तै- जागरण (1970-71), दुवर्स आवाज़ (1977-78), तेवा (1980-81)। उनको अन्य कार्यहरूमा कविता, आलोचना, अनुवाद अनि अन्य सम्पादकीय शामिल छन। वहाँ अनुवादको क्षेत्रमा फाटिलो स्थान बनाउन सफल भएका छन।
1986 मा 'जीवन नामदुंग का कविताहारु', उनको पहलो कविता संग्रहमा उनी एक यस्तो कविको रूपमा देखा परे, जुन समय सापेक्षित भएकोले आज उत्तिकै मधुर र रोचक छन ।
हुनत उनी साहित्यिक क्षेत्रमा आफ्नो महत्वपूर्ण कार्य - समलोचको रूपमा चिनिनु हुन्छ। आलोचनामा उनको महत्वपूर्ण कार्य 'पर्यवेक्षण' 1994 मा प्रकाशमा आयो जसमा वहाँले साहित्य अकादमी पुरस्कार प्राप्त गर्नु भयो।
वर्षौदेखि वहाँ अनेक साहित्यिक अनि सामाजिक संस्थाहरूसित रहेर लेखकहरूलाई प्रोत्साहित गर्ने कार्य गरि रहेछन। उनको प्रतिभा अनि साहित्यिक गतिविधिहरू शोध कर्ताहरूको निम्ति खोजको विषय बनेको छ।
उनी सरकारको कानून विभागको आधिकारिक नेपाली अनुवादक, नेपाली साहित्य सम्मेलन अध्यक्ष ,नेपाली सलाहकार बोर्ड, साहित्य अकादमी, नई दिल्ली को संयोजक आदि आदि पदमा रहि सक्नु भएको छ।


Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा