बाहिरको वातावरणमा
निस्कन नपाऊँदा
घर घरमा दैवको लाठी
सोचनै नसक्दा
मनमा अलिकता नैराश्य
छाउनु स्वभाविक
एउटा छ मन या दुई
भन्न गाहारो छ
एकले दुःखी हुने संकेत दिन्छ
अर्कोले भन्छ यो प्राकृतिक नियम।
सबै काम छोड़ी बसें
राम्ररी मनन गरें
दोस्रो मनले सम्झौताको कुरा
सिकाए जस्तो लाग्छ
यो पृथ्वीमा आउने जाने क्रम
सधै नित्य चक्र चल्छ
तिमीलाई पर्दा अरूलाई भुल्छौ
सबैको मनमा होला नी
तिमी व्यक्त गर्छौ मौन समझौता
सबैले गरेकै छन।
हेर त्यो नित्य सधै घुर्रा घुम्छ
तिमीलाई शुरक्षित राखी
अण्डाकार भै घुम्छ
उसले सबैलाई छोएर आउछ
तिमीलाई पनि दिएको मन
सबैलाई छुने क्षेमतासित
तर्क वितर्क गर्ने
मनको दुई हिस्सामा
कहिले दिन हुन्छ कहिले रात
रातपछिको उज्यालो
तिमीले पनि पर्खन पर्छ।
तिम्राहरू रातमा नदेखिएलान
दिनको उज्यालो किरणमा
मन मनै याद गर्न सक्छौ
मन पर्ने नपर्ने कुरो राख्न सक्छौ
कसैले रोक टोक नगर्ने
मनन चिन्तनको समय दिने
यै मन त् हो द्वन्द गर्ने
चाड आउछ जान्छ
अज जो छन भोली नौला मनहरू
तिम्रो परिक्षामा हुने नै छ।
संचय भएको माया
उसैलाई प्रदान गरि हेर
धरा घुमेर उज्यालो तिर लाग्छ
अनि उसैसित माया साटछौ
भविश्य र वियोग दुवैलाई
लिएर अघी बड़नु जिवन
हाँस्नु ...आँशु रोक्नु शक्ती तिम्रो
सदा जीवन नै हो
सान्त हुनु लमतन्न निन्द्रा
त्यो एकदिनकहिले नजान्नु
घोर निन्द्रा नै हो नी त्!
मनको दुई कुनाले दिन र रात
बोके झै लाग्छ मलाई
अलि मन पनि कोल्टे छ क्यार
रात दिनको लमाईमा
कहिले एउटा लामोहुन्छ भने
अर्को छोटो हुन्छ
मनैले अपेक्षा गर्न लगाउछ
हाँसेर जीवन् सिकाउछ
आफ्नो पराया चिनाउछ
सम्झौतामा जीवन सुन्दर छ।
Comments
Post a Comment