गोर्खा बहुल क्षेत्रको विडम्बना
दार्जीलिङ्ग र जलपाईगुढी जिल्ला
( गोर्खा बहुल क्षेत्रको विडम्बना)
1 गोर्खाल्याण्ड पार्टीको झण्डा त्यागेर,नेताको ईतिहास मेटेर,आफ्नै आफ्नै बिच झगड़ा गरेर हुन्छ दार्जीलिङ्ग ?कस्तो अनौठो विचार धारा? विश्वले भोली सोचने दार्जीलाङ्गले आज सोच्ने गर्थ्यो भनि सुने थे मैले तर आज यो के हुदै छ?
2, बिजेपीलाई हामीले जितायौ भन्छौ,तर पहाड़को तीन महकुमा र तराई डुवर्सको जनसख्या 50_50% छ! पचास प्रतिशतले छुट्टै राज्यको समर्थन गर्छन भने समतलका पचास प्रतिशतले विरोध गर्छन,तसर्थ यो सांसदले केही नबोलेको हो!
3, गोजामोमो आफै आफमा भ्रमित छ को नेता ,को सुप्रीमो,को जनता बुझेकै छैन रैछ आजसम्म!यीनीहरूसब जता छन छनी तेतै फन फनी रैछ! तर आँटासित घुन पिसेको राम्रो होईन!
4 , जिएएएले राम्रो काम गर्दै छ दिल्ली मुखी कार्यक्रम यसलाई सबैले समर्थ गर्नु पर्छ तर जिएमसिसीले चाँहि जनतालाई किन गुम्राह गर्यो यसको सहि जवाब जनताले पाउने अधिकार छ जस्तो मलाई लाग्छ !
5, पहिले जनता र बिमल गुरूङ्गको काँधमा आन्दोलनलाई अघी बड़ाये,आज बिनयको र अनितको काँधमा हाले कारण जहा छन छनी त्यँही फन फनी भने झै छ! बिमल गुरूङ्का अनुरागीहरू कारणै नबताई आज फेरी अर्कोतिर! कति चोटी हार्छौ नेता हो टेबलमा, हाम्रो भविष्य बिगारी ?
6 ,दार्जीलिङ्गलाई विगार्ने बेलामा एकलै बिमलले त बिगारेन होला नी ता होईन र? निर्णयत सधै सामुहिक हुन्छ होईन र??
यदी विनय सहि थियो भने पार्टी भित्रै यी सबै कुरो मिलाएको भए राम्रो हुने थिएन र?? विश्व किन हँसाएको यी राज नेताहरूले??
7, एम ,पी ,लामाज्यु ईलेकशनमा हारेपछि दरिलो पोलिटिकल पार्टी बनाएर जनतालाई दोहोर्याउनु पर्ने थियो तर किन बुद्धीजिवीहरू चाहि अराजनैतिक संसथा र ट्रस्ट बनाएर पछिबाट मात्र दाउ पेच चलाई रहेको??या त राजनिति खुलेर गर्नु होस या ट्रस्टको काम गर्नुहोस! बेहाल छ धेरै निस्वार्थ सेवाहरू यहाँ कारण केही पनि तह मिलेको छैन हाम्रो क्षेत्रमा!
8, भागोपले अराजनैतिक धैरै काम गरिसक्दा पनि किन फेरी जीएमसीसीको आवस्यकता पर्यो? यो भागोपको पनि कमि कमजोरी झल्कीयो यहाँ,अरू मुद्दालाई पछि सारी बासभूमीलाई अघीलाएर हिड़ेको सत्रसाल भईसकेको हुदाँ भागोपले जीएमसीसीको प्रतिबाद गर्नु पर्थो! आज पनि म भन्छु भागोपको आजीवन सदस्य भएको नाताले भागोपले जीएस एस एसलाई सोझै सघाउ पुर्याउन् साथै जीएल ग्लोबल मार्चका संस्थाहरूलाई पनि सघाउ पुर्याउन! ती सबैका घर सन्तान दार्जीलिङ्गका हुन!
9, अन्तर कलहले हाम्रो समस्या समाधान हुदैन एउटा नेतालाई एक्लो पारेर ईतिहास मेटाउदै हिड़नु हाम्रो बानी बनाउनु हुदैन! हामी बुद्धका शन्तान हौ भने भुल गर्ने भन्दा क्षमादिनेको हात माथिबाट हुन्छ त्यो बुझनु पर्छ!
10, नेट खोलियो , के हाम्रो नेपाली च्यानल खोलियो या खोलिएन?त्यो पनि खोल्ने पहल सबै मिली गरौ! कारण राज्य नबनेसम्म दुर्दरशन हाम्रो हुन्न,तबसम्म यस च्यानलको समाचार माथि हामी निर्भर छौ! नेपाली भाषाको च्यानलले नेपाली गोर्खाली समाजको समाचार नदिएर अरू के दिन्छ त? बग्ला च्यानलमा जे आउदै थियो त्यहा पनि मैलेत कपी पेस्ट नै देखे ,यति हो त्यो नेपाली भाषामा थियो! अरू कारण के थियो त्यो च्यानलले बुझला तर हामीलाई एबीएन चाहिन्छ!अरू पनि नेपाली च्यानल वनियोस कोशिश गरौ!
11,सबै राज नेताहरूले हामीलाई मुर्ख नबनाउन,दार्जीलिङ्ग,खर्साङ्ग,कालेबुङ तराई र दुवार अञ्चलका नेपाली भाषी गोर्खा बहुल क्षेत्रलाई मात्र समावेस गरे पनि गोवा भन्दा ठूलो राज्य हुन्छ अनि पण्डीचेरो भन्दा पाँच गुणा ठूलो केन्द्र शाशित राज्य हुन्छ! कुरो धेर नघुमाई यतीनै देउ भनोस अब विनय तामङले त्रीनमुल सरकार या त बीजेपी सरकारलाई,जसले दिन्छ उनिहरूको राज्य सख्या बड्छ,बाहिर बसेका सबै गोर्खाले पनि उनिहरूलाई सपोर्ट गर्ने छन! नत्र युगौसम्म दुर्गा मल्ल तथा शुभाष चन्द्रबोसको जस्तो नंग मासुको सम्बन्धमा चिरा पर्ने छ!
बोजु झै चुप थिए तर चित्त परेन र लेख्दै छु कारण मेरो पनि एक अधिकार छ,ट्याक्स भर्छु यो देश र राज्यमा, किपट मेरो पनि यही हो! जानेको विद्या बाढ़नु र चित्त नपरेका कुरा व्यक्त गर्नु गनतन्त्रको अधिकार सम्झन्छु!
Comments
Post a Comment