क्वारानटाईन , पोथी डटकममा पुस्तक प्रकाशित भएपछिको अनुभव

https://dl.flipkart.com/s/eiwfgMNNनयाँ शिक्षा

https://dl.flipkart.com/s/eiwfgMNNNN

हामी पुस्तक विक्री हुदैन भन्छौ। ठेलीका ठेली पुस्तक प्रकाशित गर्दै घरै राख्छौ। तर वर्तमानमा नयाँ दोकानहरू नाम चलेका विश्वमा करोड़को दिनमा व्यवसाय गर्ने अनलाईन बजारले यसरी पुस्तक विक्री गरिदिने रहेछ।
कोवित कालमा घरै बसी मैले यो एउटा नयाँ शिक्षा प्राप्त गरें।
खर्च कम, जगह कम, ट्रासपोर्ट पनि उनिहरूले गरिदिने, समय समय रोयल्टी पनि दिने, विश्व बजारमा उनिहरूले पुर्याउने, कति राम्रो तन्त्र तैयार भएको छ, हामी अनविज्ञ छौ। 
नयाँ पिड़ीलाई कति सजिलो छ। लौ है, pothi.com एउटा राम्रो प्ल्याटफर्म हो जहाँ तपाईको केही खर्च पर्दैन, तर आफुले मोबाईलबाटै सबै कुरो गर्न सक्नु हुन्छ, केवल पुस्तक कम्पोज पिडीएफ फायल र कबर डिजाईन गर्नु होस अनि उनिहरूले सिकाँउदै जान्छन, यसो गर भनि र विश्व बजारमा लगेर सजाई दिन्छन।
अनि आफुलाई जति चाहिन्छ , अडर गर्नु होस तिनदेखि पाँच दिनमा घर आईपुग्छ पुस्तक।
हामी कम्प्युटर ईलिटरेटहरूले त मोबाईलद्वारा नै यसरी विश्व बजारमा पुस्तक पुर्याउन सक्ने रहेछौ भने, ए अनुज हो, अरूले बनाको प्रोडक्ट किन्नु मात्र होईन, यसरी आफ्नो प्रोडक्ट बेच्न पनि सिकौं है।
सिकने चाह राखे, अनलाईन काम अनेक रहेछ, तर पप्जी र अन्य गेम मात्र खेलेर, अरूलाई धनी बनाउन भन्दा आफु पनि उध्योगमा लागौं।
2020मा मैले यही कविता सग्रह विमोचन नेपालीमा गरेकी हुँ। त्यसै साल हिन्दीमा ईबुक प्रकाशित गरे Book Media बाट, त्यो पनि अनलाईन थियो, तर त्यहाँ केही लगानी गरें, तर त्यति संन्तुष्टी मिलेन।
 अनि युटियुबमा गएर सिक्ने कोशिश गरि रहे, सित्थैमा कुन वेबसाईटले काम गरिदिन्छन भनि,,,त्यसपछि  pothi.com मलाई सहज लाग्यो, र उनिहरूसित सम्पर्कमा रहेर यस पुस्तकलाई अनुवाद अग्रेजीमा गरेर विश्व बजारमा ल्याउन सफल भएँ। 
यो मेरो अनुभव यहाँ साझा गर्दैछु, कसैले पनि मनमा सोच्नु भएको छ, मेरोमा त्यति रूपयाँ छैन पुस्तक प्रकाशन गर्ने, तर ईच्छा छ लेखक बन्ने, प्रकाशक पाउनु भएन भने, यो एउटा राम्रो अपसन हो। 
जहाँ तपाई कम बजटमा लेखक र व्यवसाय आफै बन्न सक्नु हुनेछ। 
हुनत यस्ता धेरै व्यवसाय बजार होलान, जसले यी कार्यहरू गर्दैछन। तर फ्लिपकार्ट र अमाजन जस्ता बजार नाम चलेका हुन, विश्वले जान्दछन। 
हामी एउटा पुस्तक प्रकाशित गरि चौरस्ताका दोकानको लहरमा आफ्नो पुस्तक राखिएको भेटाउदा मात्र पनि हर्षले विभोर हुन्छौ, भने कम भन्दा कम खर्चमा आफ्नो प्रोडक्ट यी बजारमा सजाउन पाउदा खुशी लागेको छ।
  अब दाम चाहि किन धेर राखे भन्ने प्रश्न आउनै सक्छ, हाम्रो रूपयाँको हिसाबले दाम धेर जसो लागे पनि विश्वको डलरको हिसाबले यो कम नै मानिदो रहेछ।
अनि डिसकाउन्ट पनि दिंदा रहेछन। मलाई त यस्ता कार्यहरू सिकेर आफैलाई खुशी अनुभव भई रहेछ।
 तपाई पनि सिक्नु होस, आनन्द आउछ, तपाईको बजट कम भए pothi.com सित सम्पर्क गर्नु होस।NN

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा