तिहार 2020

यसवर्षको तिहार

पुजा सधै गरिन्छ
 लक्ष्मीको अलि भिन्न छ
रात औंशीको अँधेरी सदा
तर दिपावलीको अलि भिन्न छ ।

बारूद र गोला पड़कन्छ सिमामा
तर यहाँ पटेकाको आनन्द भिन्न छ
तिमी घर पुयौ छुट्टी मिल्यो
तर नमिल्नेको नी परिवेश भिन्न छ।

भैंलेनी आउछन की भनि पर्खे तर
शहरमा रमझम भिन्न छ
लिङ्गे पिङ् सगैं चिप्लो बाटो 
भैलेंनी खेलेको मज्जै भिन्न छ 

दियो बाली तिमीलाई पर्खेको
पर्खाई मेरो भिन्न छ
तर गाई तिहार हाम्रो मनाउने
सैली अरू भन्दा भिन्न छ।

काग, कुकुर, गाई गोभरधन र भाई
हाम्रो चाड़ भिन्न छ
अनेकतामा एकता यो देउँसी र भैलो
सदा भन्दा भिन्ना- भिन्नै छ 

लक्ष्मिप्रशाद देवकोटाको जन्मदिन
सदा भन्दा यस पालि भिन्न छ
हेर्न सकिन्छ सुन्न सकिन्छ
चर्चा जन्मदिनको भिन्न- भिन्न छ।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा