68बर्षपछिको चन्द्रमा

        चन्द्रमा
(68 बर्षअघि न थिये न नै पछि रहने छु)

गुरू पूर्णीमाको चन्द्रमा
यस वर्ष वर्षौपछि नगिच आएकी
आफ्नी आमा पृथ्वी चुम्न
हामीसित पिरथी गास्न!

वाल दिवस थियो यसै दिन
बर्षौपछि सुन्दर देखिन लागेकी
हाँसी हाँसी एकैछिन बोलायेकी छतमा
भन्छीन! सधै दिन एक नाश कहाँ हुन्छ!!

कति हेर्छौ तल तिर, सबै भुली
एकैछन त मेरो सुन्दरतालाई निहाल
तिम्रो प्रेमको प्रतिक म हु
तिम्री आमाकी सुन्दरी नुरी!!

आज नै आउने  इच्छा भो नजिक
कारण तिमी भुईमा ओछ्यान लगाई
खेलौना माँग्दै थियौ गुरू नानकलाई
गुलीयो मिठो हलुवा तिम्रै निम्ती थियो!!

खुशी भई बाटामा वसी हजारको नोटमा
खाएको खुशीको मुस्कानमा
मेरो प्रतिविम्व म हेरी रहे थिए
मलाई हेरी तिमी मुस्काउदा ,म पनि त्!!

म फेरी आउन्न यसै दिन नानी हो!
मैलै दिएको मुस्कान साँची राख
तिम्रो सुन्दर यौवनमा सुखी परिवार हेर्न
आउला तिम्रो बघैँचामा सुनौलो सुख छर्न!!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you