विडम्वना

समाचार पत्रको समाचार

बिहान यस्तै नौ बजे मेरो दैलोमा सरक्क केही भुईमा झरेको आवाज आउछ।यता भात उम्लदै गरेको हुन्छ।सब्जि काट्न व्यस्त हुन्छु।श्रीमान चिया उम्लदै गरेको हेर्दै हुन्छन, मन मेरो त्यो आवाजले त्यतैतिर हुन्छ।सोफाको मुन्तिर पो पुग्यो की, भुईमा कतै पानी त् पोखिएको थिएन, कतै त्यो भिज्यो की भन्दै सोचदा नसोचदै दुध स्वाट्ट उम्लेर अगेनामा हुन्छ।मन ठेकानमा राखेर काम गर भन्ने आवाज आउछ पछिलतिरबाट ।
नशा यो पढ़ने खबरकागज।हो त्यो आवाज हो नेपाली दैनिक पेपर हिमालय दर्पणको।मलाई प्रिय लाग्छ यो दैनिक समाचार पत्र। तर आजदेखि मलाई बदलिन कर लाग्यो।मेरो बजटले भ्याएन त्यो समाचार पत्रको हाड कपी पढ़न,अब अनलाईन पढ़ने गर्नु पर्यो भनी सोचें। हुनत "प्रजा- शक्ती" पनि राम्रो नेपाली दैनिक हो तर मलाई मन पर्ने चाहि पहिलो थियो।मजबुरन झण्डै पचास प्रतिशत मूल्य बढ़दा मेरो दैनन्दिनी जीवनमा ठूलो अशर पर्न गयो।हो समाचार पत्रका मालिकले पनि आफ्नो मजबुरी बताई रहेका छन भने म पाठकले पनि आफ्नो मजबुरी आफ्नै मुकपत्रमा लेख्दैछु। कति महगों भयो जीवन सैली यो नेपाली भाषी बंगभूमिका सपुतहरूको। 
तर,त्यो सरक्क आवाज त आउनै पर्यो, कारण यो मेरो राम्रो आदत हो या नशा, मैले एकै छिन भए पनि पेपर पढ़नै पर्छ केवल हेडलान भए पनि।
अब म आज पेपरको सौदा गर्न निक्ले।कति पेज, कति दाम, आईतबार स्पेसल के छ भनी। 
कलेज छदादेखि आईतबारको टेलिग्राफ राख्ने गर्थे कारण त्यसमा सण्डे म्यागाजिन आउथ्यो।अनि त्यहा विशेष राशि फल हुने गर्थो जसले मेरो मन छुने गर्थो।त्यसैले आज पनि टेलिग्राफ सण्डे लिने गर्छु। तर अब मैले बजट मिलाउदा के गरौ यसलाई पनि लिन छाड़ी पो दिउँकी भनी सोंचेको थिए । तर होस यो आईतबार आवोस भन्ने भो। 
हो पेपरको बजारमा म पुगेर र छान विन गरे,नेपाली अग्रेजी हिन्दी सबै पेपर हेरिसकेपछि दैनिक जागरणले भने मन छोयो कारण यसमा आईतबार हप्ताभरीको राषिफल टेलिग्राफले झै दिन्छ अनि प्रजाशक्ती वाटसएपमा पनि पाउछु, हिमालय दर्पण अनलाईन पाईहाल्छु। यसरी आफ्नो बजट मिलाउदा महिना अस्सी रूपयाँसम्म बचाउन सक्ने रहेछु।भनेपछि बाह्र महिनामा एउटा ग्यास सिलिण्डरको पैसा बाँच्ने रहेछ।
हुनत भन्छन समझौताले मानिसको उन्नतिलाई धिमा गराउछ तर बाध्यताले समझौता गर्न कर लाउछ।
सण्डे टेलाग्राफ पनि अब अनलाईन नै पढ़ने गर्छु।
मेरो मन तुलमुलाउने सरक्क आवाज पनि आउने, बजटमा ईजाफा पनि हुने तर मन परेको पेपरको हाड कपी भने अब उप्रान्त मेरो घरमा दुर्लब हुने भयो।
समाचार पत्रको समाचार मेरो दैनन्दिनी जिवनसितको आजको साक्षातकार यही नै रह्यो ।
यो मेरो समस्यालाई मैले आफै मार्गदर्शन गरें।मेरो  समस्या र तपाईको भिन्न हुन सक्छ।सोंचमा परे र आजदेखि मैले समाचार पत्र लिन परिवर्तन गरें।
तपाईको नि ता के कसो खबर छ?

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा