खोज
आज म घरै बसी रहेछु
तर खिड़कीबाट ठक- ठक
घरी घरी मलाई बोलाए जस्तो गर्छ
फर्केर हेर्छु भाग्दै भागदिन
भगेंरी मेरो एकाघ्रता ....
भंग गरीरहेकी छे।
.
म नयाँ घरमा खुशी भै
कपीलको सो हेर्दै छु
घरी घरी यसले केही भनि रहेछ
दिक्क मानी भगाउन खोज्छु
एक पल्ला झ्याल खोल्छु...
केही पर फुर्र उड़छ
फेरी फर्की फर्की ठकठकाउछ।
म छक्क परिरहेछु...किन
केही खानेकुरो पाउदो हो शिशामा
नियाली हेरे केही छैन...
सायद आफ्नै प्रतिविम्ब देख्दी हो
मलाई नै वोलाए जस्तो
..तेसै मसित रिसाए जस्तो गर्छे।
सोधिहेरे किन भगेंरी यसो गर्छ हँ?
उसले हास्दैँ भन्यो..हिज यहाँ
उसको गुँड़ थियो.
त्यसैले परिवार खोज्दैछ
प्रतिबाद गर्दै छ।
नाथे भङेरीले त प्रतिबाद .गर्छे
आफ्नो परिवार खोजि हिड़छे
हो यो उसको मौन संघर्ष
अनि म चाहि नी के गर्दैछु
आफ्नो अस्तित्वको..निम्ति
आफ्नो अस्मिताको....निम्ति??
Comments
Post a Comment