यस्तै तस्तै लाग्छ

यस्तै यस्तै लाग्छ

नजाउँ त्यो बाटो भन्दा- भन्दै
पाईला त्यतै लरखराउछ,
खुनको साईनो हो हजुर
मनले कहाँ बाँधिराख्न सक्छ।

माया माया भन्दा भन्दै
कसलाई पछ्याउन लागेछु
ह्रदय, ह्रदय एकै जस्तो लाग्छ
बाटाहरू धमिला  धेरैहुन सक्छ ।

मोड़ बदलिएपछि लक्ष्य कता हो कता
घुमौरो घुम्दै थाकेर लत्रिएपछि
के पानी के घाम एलनिनो जस्तो लाग्छ
सुनामी र महामारीले छोपे जस्तो लाग्छ।

कोमल भावनामा डुब्दा डुब्दै
सधै यथार्तले झस्काउने गरि रहन्छ
बघैंचाको  रमनिय दृश्य जस्तो लाग्छ
 सुन्दर पखेटा काड़ामा अल्झिए जस्तो लाग्छ।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you