जातिप्रेम

फेरी म सोचँमा छु आज
के हुने हो हाम्रो जातिको
अल्प सख्यक चाहानाको
बहु सख्यक हुन त गाहारो
 अल्प एक मुष्ट भए हुन्थ्यो
कमिलाको गोलो चलाउन्नन
कुकुरको झुण्डसित थर्कीन्छन
साढ़को हौक्कारसित भाग्छन
मौरीको गोलोलाई छुन डराउछन
धेर त उनिहरू पनि हुन्नन तर
आज खै त राजनितीमा भने
कमिलाको गोलो मौरीको गोलो
कुकुरको झुण्ड देखिन्न भने
नेताले साढ़को हुक्कार गर्न
भुले की कसो अलमल्ल छ
छरसप्रष्ट छ ठुलो थालीमा
कम राजमाका दाना जस्तो
डायलसिस मसीन नभएको
अस्पताल र नरसिङ्ग होम जस्तो
प्रधान आध्यापक विहीन
बगरल्तै विध्यालयहरू जस्तै
नेत्र विहीनहरू माझ माझ
 चस्माको दोकान जता ततै
पर्यटन स्थल कच्चा वाटो माझ
पैरो माथि रेल झुण्डिए जस्तो
खुकुरीको बेढ़ फुस्कीए जस्तो
कता कता के के नमिले जस्तो
विश्वविध्यालयको सपना तर
महाविध्यालय विहीन सहरहरू
हिमाल हास्छ कुईरो भाग्छ
प्रकृति लुकामारी खेली रहन्छ
तर काहाली लाग्दो नोट वँन्दी
सदा छ यहाँ किनकी केही नै
तारतम्य मिलेन धैरै भयो समय
नयाँ वर्ष केही दिन्छौ हाम्रो हक
केही ल्याउछौ हाम्रो सोचँ
खुकुरीको वेड़ टाल्ने लाहासम्म
ल्य्उनु , समुह टाल्ने चुम्वक
विचार टाल्ने कुईक फिक्स ल्याउनु
खुशी टाल्ने गम ल्याउनु यही
छ कामना 2017मा यसरी आउनु!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा