नागरिक

नागरिक

केही नभन्दा हुन्छ
महङ्गो हुदा पनि हुन्छ
तर सड़कमा आफ्नै घर
तोड़ फोड़ नगर!

भोट हाल्छौ होईन
नोट बाँटछौ होईन
जोरी खोज्छौ किन
बाहिर जाने ढोका छैन!

श्यामपटमा लेख्ने भयौ
माटामा लेखदथ्यौ रे!
परिवर्तन हावामा छ भने
शंसोधन अनिवार्य होईन!

लिखितम र बकितममा
फरक नहुदो हो त्
आज पनि हाड़ र मासुको
कनभेनसन कहाँ हुने थियो र!

छोरीको अधिकार घर परिवारले
नै खोशिदिने कहाँ थियो र!
लेखे झै सबै हुने भए
'क्वाजी' भन्ने शब्द आउथ्यो र!

बस जल्छ दन- दन
हेर्न त मज्जा आउछ,
तर महङ्गाईमा तिरो कस्ले गर्छ
नागरिक! परोक्ष खल्ति रित्तिन्छ!

त्यसैले त मौन बस तिमी
नागरिकतामा किन
 कलंङ्क लाउछौ
मौनतामा शान्ति छैन र!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you