अग्रजहरू
के माँग्छौ?
किन यता उता हुन्छौ?
जनतालाई नसुनाउ
नेता गुणासो
अब दार्जिलिङलाई
के चाहिन्छ
त्यो सबैले जनेको कुरो हो!
सरकारले जता बङ्गायो
तेतै नेता बाङ्गिनु हुन्न
जनतालाई भन्दा नेतालाई
आजको दिनमा
गृह कार्य गर्ने आवस्यकता छ
शुचीहरू ललिपप हुन
जात गोष्टी ललिपप
विलय असम्भव
सम्भव छ त दुईवटा
कुरोमात्र छ सबै जान्दछन
कमल कमजोर छ
स्वार्थ हेर्छ,
हातले युटी दिएको रे
भन्ने सुनेको, आजसम्म
निरक्योलमा केही छैन
रोटी सेक्न नेता हो तिमीहरूको
ललिपप तिमीहरूलाई मुबारक
माँग्छौ भने मूलभूत मुद्दा माग
नत्र शान्ति भङ्ग नगर
शरिर लुकाएर , टाउको बचाएर
नेता बन्ने कोशिश नगर
तेलेङ्गाना साक्षी छ!
गोर्खे नेताहरू टेबलमा हारेको
विश्वले बुझिसकेको छ
तसर्थ समय अरूको बरबाद
नगरिदेउ, हाम्रा नेताहरूलाई
सिलगढ़ी चाहिएन, डुवर्स चाहिएन
तिन पहाड़का थुम्काको बस्ती -कमान
हेरन्, घर हल्लिदैछ!
युवाहरू सबै मधेशमा काम खोज्दै छन
पाँच वर्षमा चुनाउ आउछ
त्यस समय मात्र सिटको निम्ति
केही हलचल , फेरी बोल्छ
मेरो मुद्दा, मेरो क्रेडिट, मेरै सब
गर्यौ चै के? युटी डाईरेक्ट पाउने
कोशिसमा नै लाग या राज्य!
केबल मधेश र मिडियामा मात्र
क्रेडिट लिएर नै आजसम्म
यो जातिलाई पछ्यौटे बनायो
शितोशष्ण मरूभूमिका गोर्खे हो!
माग्छौ नै भने राज्य नै माँग
नत्र विकाशको कार्यमा लाग
फर्काई ल्याउ गोर्खाल्याण्डको
सुन्दरता, फक्राउन सफल हौ
गएकाहरूलाई, नत्र हामी
सबै अल्प संख्यक भई
मिडियामा मात्र हुनेछौ
हकिकतको मानचित्र भिन्न हुने छ।।
Comments
Post a Comment