गति
गति
तिमी जान्छौ नै भन्ने
मलाई निरन्तर थाहा छ
मिठो सम्झना मात्र
दिए मलाई सदा भा छ
उमेर बढ़छ अटालिकासितै
रोक्न मलाई कँहा भा छ
सदा नयाँ रूप र रंगमा
रमाउनै मन लाग्या त् छ!
बनभोजले विदा दिउँला
रात्री भोजले स्वागत
आखिर के भा ,,छ ,,र
अर्को क्यालेण्डरको पातो
कति कति पातो फेरी सकें
खोईत तिम्रो पर्खाई छ
कहिलेसम्म हो,, बस्या छु
एक टक लगाई ,,घुम्तीमा
नयाँ पाउलाले सधै मलाई
ढाँटने गर्छ आँउला भनी
म बाटो छेउँ पर्खी रहन्छु
उ वृक्षबाट झर्दै गरेको हुन्छ
तरै पनि नैराश्य ममा छैन
भोलीको पातो सम्झना गर्छु
क्षितिज तिर हेरी पठाउछु
शुर्यको किरणमा मुस्काउछु
हो तिमी आ,,,,औछौ ,,,नै
पात झरे पनि फेरी त,,,
औंशीमा मात्र जुन पर हुन्छ
पुर्णीमाले न्यौता,, दियाछ्
आउन्,, प्रिये जुनकेरी हेरी
रमाएको रात ,,,संगालौ
वहेको पानीमा छाँया हेरी
फेरी एक पातो पल्टाई हेरौ!!
Comments
Post a Comment