नियाली हेरें
नियाली हेरें
हो उस्तै उस्तै छौ तिमी
हिमालमा हिउँ परेकै छ
न्यानो भित्र शरिर लुकाई
टोल्लाई रहेछौ नियाली हेरें।
के फरक पर्छ र शरिरलाई
खाल्डाङ खुल्डुङ बाटाले
उपचार ओराह्लो लागेको
समय टोल्लाएको नियाली हेरें।
महामहिम भन्दैपछि दौड़न्छौ
हावामै विलिन भएको अग्रज
उन्युले लुकायो की परदेशले
कठै कुरो सुनेर अन्धकार नियाली हेरें।
देख्यौ तिमीले हिमाल हाँसेको
तल तलै हिउँको तलाले घिसिएको
शितोष्ण मन, अन्योल जन जन
ठिहिमा मैले हिमाल टल्केको नियाली हेरें।
रानी तिमी प्रिय मेरी हौ
म कहाँ यसरी छाड़ने छु र
कहाँबाट हुन्छ मुस्कान फर्काई ल्याउछु
भन्दै ठिटीहरूलाई नियाली हेरें।
सबै दफतरमा जब पहाड़ हाँस्छ
बाटामा जब शिक्षाको अलकत्र लाग्छ
टोल र पकढण्डीमा हिमाल हास्छ
Comments
Post a Comment