बड़ादिनको शुभकामना

मारिया

ए मदर मेरी!
सुपुत्रकी धनी!
गरिदेउ सबैको कल्यान
सदा दिन एकनाशे
तिम्रो जयन्ती बड़ा छ!
तिम्रो शन्देशमा द्वन्द छैन
प्रेम तिम्रो मूल मन्त्र
 समर्पण दियौ ज्ञान
प्रेम प्रेम गर्दै भयौ
बलिदानी तिमी!
आज द्वन्दको संसारमा
फेरी आईदेऊ
 ए! मरिया!
सुपुत्र ईशुको सन्देश
तिमिले छरी देऊ।
द्वेश र नर्क आज पनि
उतिकै छ संसारमा
प्रेमको ज्ञान छर्न
तिमी जस्ति आमा !
र तिम्रो छोरो जस्तो
प्रेम र शान्तीको सुसमाचा
छरिदिन ए मारिया!
मदर मेरी, सबैकी आमा!
गाईको गोठमा 
पर्खीराछु आई देऊ! 
सत्य मार्ग दर्शाईदेऊ।
गोरेटोमा भक्त भई
पर्खेकी छु मारिया!
ईशुको बढ़ाई होस!!
शान्तिको ज्योति 
कुना कुनामा छरिदेऊ
ए मारिया!
 तिमी फेरी आऊ।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा