दार्जिलीङ्ग तिमीलाई

दार्जिलीङ्ग तिमीलाई सधै
 घमाईलो देख्छु
चिया बगाँन बन्द हुदा पनि
 हाँसे कै छौ
नोट बन्दीमा पनि
 यात्रा तय गरेकै छौ
टोल तिर्ने गेट बनाई कर
 तिर्न लाएकै छौ
बिस्तारै पर्यटक क्षेत्रलाई 
लिजमा लाएकै छौ
किन यस्तो भो त!
 गएकालाई फर्काई ल्याऊ
ठुला ठुला बनेका छन्
 हाम्रा सन्तान!
एकासीको आन्दोलनले लखेट्यो
छ्यासीको आन्दोलनले लखेट्यो
अझ कति घुमाउराबाटाहरू
 तयगर्नु पर्ने?
तिम्रो व्यवस्थामा 
गाग्री रित्तो छ
रंगीतले कानेखुर्सी
 गरीरहन्छ
म बगेको बगेकै छु
 मलाई रोकन भन्छ्
पैरोले भन्छ ईन्जिनियरले
 सुमसुम्याउन् मलाई
विभिन्न भाषा शैलीमा
 सुरिलो भए
तर शिक्षा कति वगेर
 उर्वर पंखा वनिसक्यो
त्यो फलदायक हो तर
 शिक्षालय पनि वग्दै छ
तर पनि तिमी दिसम्वरमा
 घमाईलो किन?
कतै वाक्लो घरको 
पैहिरनले त होईन?
पेट अपच भएर 
उल्टीआउला झै भएर
तिम्रो ललाटमा पसिना 
आएको त होईन?
तर तिमी घमाईलो छौ! 
पर्यटक रमाउछन
तिम्रो सुन्दरता हेरी
 म पनि रमाउछु
कञ्चनजङ्गा हेरी 
तर मलाई थाहा छ
जुन कुरो न प्रशासनले
 बुझछ नता पर्यटकले
तर कहिले कहिले
 प्रतिवाद गर्छ
पैसा लिए जति
 सौचालय सफा कहाँ?
तर पनि तिमी
 हाँसेको देख्दा
म सम्झना गर्छु
 तिमीलाई प्रकृतिको
अशिम बर्दान छ
 अब भविष्यमा 
राजनितको पनि
 वर्दान भए म!
फेरी फर्की आउछु तिमी
 झै मुस्कान छर्न!
तिमीलाई शुभकामना
 नयाँ सालको!

Comments