खोज बाटो

मेरा अनुजहरू आज मलाई पछ्याउछन 
मेरा अग्रजहरू ममा नै भविष्य खोज्छन
हिज सिरमा आईलाग्दा गर्न सक्दिन भन्ने
 सौलियत त्यँही खोज्न पहिले  आउछन

कसमाथि भर परौ कसमाथि चित्त  वुझाउँ
कहिले काँही ती डिल खोज्दा समय वित्छ
आफ्नै स्वाभिमान कायम गर्न अघी बड़दा
ट्वाल्ल परी मलाई हेरिरहन्छ छक्क मान्छे

आफैलाई सदा विश्वास  गरन्! तिमी मान्छे
फर्की नहेर ईतिहास नपल्टाउ ईतिहास रच
तिमीले गरेको कार्य र मैले गरेको अन्तर छ
मार्गका पकडन्डीहरूमा पर्की  नबस हिड़!

म त हिड़ी सके नखोज मेरा प्रतिविम्बहरू
ती ता मिथ्या हुन उनको आंचलमा झुण्डिएर
विताएका पल सम्झि टोलाएर कहाँ भो र त
अब मेरो अतितले तिम्रो भविष्य पैलाउने छ!!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you