भिन्नता


टुल टुल यी दुई आँखाहरूको
एका अर्कामा कहिले
भेट हुन्न,
तर कार्य एक।

च्याउ झै आकार दुवैको
दुई कानले एका अर्कालाई
कहिले सुन्दैन,
तर कार्य एक।

स्वाश प्रश्वास बहने
ढाढ़ीका दुई पुवाल नाकले
एक अर्कालाई कहिले देख्दैन
तर कार्य एक।

सबै ईन्द्रियलाई भेट्ने
शरिर कै आकारमा
छरिएर बसेको यो त्वचाले 
चिसो तातो अनुभव गर्छ तर  कार्य एक।

माथि तल दुई कोमलओंठले मात्र
मधुर गित,, प्रित ,,ध्वनी,, निकाल्छ
एका अर्कालाई भेट्ने गर्छन
तर कार्य एक।

तर पापी छन यी पाँच ईन्द्रियाहरू
सबै मिली एउटै काम
गर्ने गर्छ,सिङ्गो सभ्यता बोक्छ
तर सबै एक्लो छन।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you