मानव अधिकार दिवस

दुध -चम्बा प्रश्न चिन्ह अधिकार??
(10,12,18)

मानव अधिका दिवसमा
शुभकामना दिन सक्दिन
बोलौ त झेल जाने डर
नबोलौ त अन्याय र अत्यचार
हामीले हातमा कालो निशान
लगाई हातै काटी दिएकाहरूले
अधिकारमा मौन बस्ने बनाएको छ
एउटा बिराउने, घरको दुदुमुखे
बालकको चम्वासम्म खोस्ने प्रशासन,
बाबा नी खोई भन्दा? छे महिनाको
छुट्टीमा आउने छन अनि
हाम्रो दुधु- चम्बा क्यान्टीनबाट
ल्याउने छन, खुकुरी चम्काई
आतंकबाद देशबाट निकाल्नेछन
त्यस्तो माशुमको घरहरू
कुड़की भयो रे भन्ने सुन्छु
तर आशा छ दुदु मुखेलाई भोली
कारगिल र सियाचेनको ठण्डा
अनि जैसेलमेर उपकुलको गर्मीमा
डियुटी गरी बाबाले कमाएको पैसाले
दार्जीलिङमा बाबाले छे महिनाको छुट्टीमा
फेरी मेरो निम्ति अर्को घर बनाउने छन
मेरो खाना सरकारले डिसकाउन्टमा दिन्छ
तर घर मेरो कुढ़की भएको छ।
बाबाले ढिसिउँ ढिसिउँ गरी फेरी
मेरो घर बनाउने छन, त्यसैदिन
म मनाउछु मानव अधिकार दिवस
आजलाई होस,,,मेरा बाजेको
सिनकोना बगानमा मेरो नामको
घर पाएको दिन मनाउला यो दिवस
काकाको चियाबगानमा घड़ेरी र
धेर बोनस पाएको दिन मनाउला,,
आज बाबालाई शाश फेर्न गाहारो छ
अक्सीजन कम छ तर देशको रक्षामा छ
भोली त अवश्य मेरो चम्बा र दुध ल्याउछन
भोट नहालेको बाबाले कति बर्ष भयो बुथमा
भ्याउदै भ्याउदैन कश्मिरमा
ढिसीम ढिसीम गरेर दुश्मन ढेर गर्न बसेको छ
मलाई पनि खेल्ने बन्दुक चाहियो
मेरो घरमा चोर पसेको छ बाबा!
हिज मैले खान पाईन दुध र चम्बा!!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा