मुटुको व्यथा

मेरो मुटुको टुक्रा
जस्तो आँखाबाट ओझल भयो
त्यस्तै पोजेटिभको खबर आयो
मुटुको धड़कन अलि तेज भयो
तपाई सदा झै व्यस्त रहनु
होस म ठिक हुनेछु!

मुटुलाई कशिलो बनाएँ
नित्य कार्यमा लागि रहेछु
परिसथितिसित लड़ने सान्तवना
दुष्मनको तातो गोली छातिमा पर्दा पनि
छोरो रनमा एकलो हुन्छन!

तीन वर्षदेखि युद्ध चलेको चलेकै
न विज्ञानले यसलाई रोक्न सक्छ
न ज्ञानले नै वद्ध गर्न सक्यो
बस परिसथितिसित संघर्ष गर्नु छ
केवल दुई हात जोड़ी गगनमा टोलाउनु छ।

हुरू..रू..रू आउछ खुशी
उसितै हुरू..रू..रू उड़ेर जाने गर्छ
उ खुशी छदा हामी खुशी
उसलाई दुःखदा आफुलाई व्यथा
आमा हुँ कति बलियो बनाउन सक्छु मन!

एक आमाको निम्ति सदा चुनौती
हरेक पाईलामा कशिङ्गर बड़ाल्नु पर्ने
तर..उसलाई उर्जा प्रदान गर्न
म बलियो भएर बस्नै पर्ने छ
उसलाई मैले स्वास्थ्य बनाउनु छ।।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा