देश



माटो रूख-पात सहपाटी परिवेश यी मेरै हुन!
संविधान नियम कानुन सबै सबै यी मेरै हुन!

नेपाली  भाषा- भेश-भुशा    यी पनि मेरै हुन!
भोटको अधिकार र सरकार यी पनि त मेरै हुन!

ठूलो भुक्मप आयो भल र पैरो आपदा वज्रपात
हिउको पैरो ,नोट वन्दी सिमा विवाद पनि मेरै हुन!

पशुपति हेरी प्रथना गर्छु ईश्वर, यी पनि  मेरै  हुन
 तिम्रो असमर्थता ,मसित दुःखेसो यी  तिम्रा हुन!

चेली-माईतिको साईनो,सदा   यी पनि मेरै  हुन
धोती लाउन जानिन नी ता,  असमर्थता मेरै हुन!

संविधान अमर शिरोपर छ भाषिक आधारमा
 चौवन्दी  र छिट कै साढ़ीमा देश भारत मेरै हुन!

बन्धु हो! गाली मलाई नदेउ,म यँही  जन्म लिए
दोष  तिम्रा पुर्खाको होलान तर यो देश मेरै हुन!

अधेरीमा नेता वनी मध्य सड़कमा भाशण नहाक!
द्वेश र द्वन्द मलाई किन, देश सम्हाल ती तिम्रा हुन!

 दुःखमा म रून सक्छु,वायु यानमा वर्षा  पुर्याउछु
सुखमा हँसाउन-हाँस्न  सक्छु यो वढ़प्पन मेरै हुन!

विश्वव्यापीकरणको युगमा लघु विश्वमा वाँच्न सक्नु
तिमीलाई सिकाउन सक्छु,यी पनि मेरै आदर्श हुन!

वन्धु! तिम्रा विहानी म खोस्न आउन्न शुर्य एक छन
कहिले कटु सत्यले चन्द्र हेरी आँशु झारें ती मेरै हुन!!!!

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा