केही लेख्न मान्या छैन
यस वर्ष व्यस्ताले हो क्यार
कलम चल्न मान्या छैन
मनका बहहरू सबै
कुईरोले ढाक्या छ
जाड़ोले हो क्यार
मन ककरीएर
कलम चल्न मान्या छैन
कहिले कहिले
मन के सोच्छ कुन्नी
के हुन्छ र यी सब
लेखेर भन्छ क्यार?
तेसैले कलम चल्न मान्या छैन
यो कलमकार त हास्दै
खेल्दै हिड़्या देख्छ सबले
तर फेरी मनको बह
पोख्छ भन्छन क्यार
तेसैले कलम
चल्न मान्या छैन
कस्तो आश्चर्य
साहारामा हिउँको वर्षा
सेताम्मे चारै तिर ,
हिमालमा हिउँको पैरो
तेसैले होला औंला
ककरीए छ क्यार
कलम चल्न मान्या छैन
उत्सव छ मधेसमा
सिजन लाग्याछ
तर ठिही धेरै वर्षपछि
देखेर हो क्यार
कुकुर रातभरी रोया छ,
गरिबको मुटु काम्या छ
तेसैले हो क्यार कलम छाड़ी
आगोको झिल्का हेर्न
मन लाग्या छ क्यार
उसलाई मुटु बलियो
भए पुग्छ क्यार
पहाड़ी खहरेको
सुन्दरता देख्या छ
तर शक्ती एक मुष्ट पारी
उर्जावान बन्न मन लाग्या छ
त्यसैले होला कलम
चल्न केही अवेर भो
जाड़ोले हो क्यार पहाड़ हेरी
तातो धुवा मुखबाट खुईय.. गरी
कलम केही ढिलो
चल्या जस्तो भै राछ
पानी बग्न भुल्या छ,
आफ्नो परिवर्तित रूपमा
पहाड़को थुम्का-
थुम्कीमा अढीग भै
झुण्ड्या झुणड्यै भा छ!
तेसैले हो क्यार यो कलम
अलिकती धिमा भा छ
केही अबेर गरी चल्या छ
महानन्दा र टिस्टा तोर्शा जस्तो
उड़ानहरू धमिलिएर
रद्द भया जस्तो
कलमका मशि पनि कतै
उच्च चापको खतराले
केही शुस्त भया झै भाछ!👏🤡
Comments
Post a Comment