तिम्रो छायाँ

तिम्रो छायाँ म
मेरी माता तिमी
मेरी भगवान तिमी
सरस्वती काली दुर्गा
मैले तिमी मै सबै पाँए
तिम्रो सम्झनामा रमाउछु
तिम्रो स्नेह कल्पि रहन्छु
तिमीले दिएको औषधी
आज मेरो स्वास्थ्य सम्झन्छु
तिमीले दिएको आशिवचन
आज मेरो सफलता सम्झनछु
तिमीले दिएको शिक्षा
आज मेरो गहना सम्झन्छु माँ!
तिम्रो सुन्दरता देख्दा
म मा केही कमी महशुस गर्छु
तिम्रो संघर्ष सम्झदा
मेरो केही कम छ जान्दछु
तिमी अलाउदिनको चिराग
तिमी  नै हौ जादु की छड़ी
तिमी नै तिमीमा म बाँचेको छु
 तिम्रो माया सदा साँचेकी छु
म तिमी झै ममतामईआमा 
बन्न सके सकिन आफैमा
सदा प्रश्न तेर्साई रहन्छु
तिमी सारदे ,तिमी गायत्री
तिमी घारल सैन्य सुसार्ने
मेरी फ्लोरेन्स नाईटिङ्गल
आज झै हावा हुरी चलेको
पानीका थोपा कता कता
तिमीले हामीलाई छाड़ी गएको
आज झल झल आँखामा
आउन स्वभाविक हो!
त्यस्तै परिसथिति माझ
हामीले त्यस्ती प्रतिभावान
आमालाई हराएको दिन आज
नमन तिमीलाई मेरी आमा।।🙏🤲

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you