अनुभुति



कविता अनुभुति हो या शिर्षक
शिर्षक कविता हो या कविता!
कति अनौंठो छ प्रश्न यो मनको
आउछ उ समय नहेरी जब- तब।

लेखि हाल्छौ कसरी प्रश्न उसको
साधना हो या सक्दैनौ भन्ने प्रेरणा,
लेख्न त लेखिन्छ हौ जब-तब सदा
आउने गर्छ समय बेपर्वाह कविता!

आख्यानलाई उछिनदै मन बहाउछ
कथालाई लतारदै उ किन लरखराउछ,
तर उपन्यास भन्दा ससक्त भै आउछ
समाजको दर्पन पारदर्शी उ देखाउछ ।

हाँस्छ रून्छ प्रकृति देखाउछ प्रदुशित,
जातिपछि परेको देखी काहालिन लाग्छ,
देश मर्दैगरेको देखी खितका छोड़ी हाँस्छ!
प्रकृति पिरोल्ने कोरोना देखी भाग्ने? भन्छ।

कविता कवितै भई बहन खोज्छ तेसै
शिर्षक भन्दा कविताको नी अनुभुतिले ,
महल सजाउछ अजम्बरीको प्रदेशमा
अड्डा जमाउछ हेरन अनि उ नाँच्ने गर्छ।।।

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you