झमक घिमीरे
..
तिमीलाई देखेर म छक्क परे
तिमीलाई देखेर म मख्ख परे,
तिम्रा पाँउका तीन औँला
शुमशुम्याउन अशिम चाह छ!
तिमीलाई भेट्ने आश छ
यस वर्षको नारी दिवसको
थिम" वी वोल्ड ईनफ"
तिमी भन्दा स्वाभिमानी
तिमी भन्दा शक्तीशाली
अरू नारी छैनन, तिम्रा
जेठी,माईली र साईली औलाले
विश्व साहित्य हल्लाउन सक्यौ!
अशक्षम शरिरलाई जीवन धान्न सक्ने
जीविकापार्जन गर्नसक्ने साहित्य दियौ!
सरस्वतिको बरदान छ तिमीलाई
नेपाली साहित्य साधना हौ तिमी!
अपार छ प्रकृतिको यस्तो नियम
कतिउर्जा तिमीमा,,,,,, अर्को जन्म मान्दिनौ!
यसै जन्ममा स्वाभिमानी भई जिउछौ.
घर आगन तिम्रो संसार तर साहित्य
तिम्रो साधना,,,, शिक्षा तिम्रो हतियार
जीवनको जंग लड़न आधुनिक शिक्षा
अग्रेजी र कमप्युटर सिक्ने चाहना,
आह कति राम्रो जीवन धान्ने गहना!
विश्वकै शशक्त नारी तिमी हौ
नेपाली साहित्यकी महारानी!
तिम्रो प्रेरणाले बिश्व साहित्य फूलोस
गुलाब फूल गुच्छा तिमीलाई
सयपत्री र गुंरास तिमीलाई!
मखमली र अरकीट तिमीलाई!
घिमीरे झमक! साहित्यकी चमक
सत -सत नमन तिम्रा परिवारलाई!!
Comments
Post a Comment