ओ माई भ्यालेनटाईन!
ओ माई भ्यालेनटाईन
आई लब यु भेरी मच!
डार्लिङ्ग! कति सहन्छौ
माया दिने धेरै भए तर
पिरथी साटने नो एउटै विना
ईच्छा पुरा गर्ने नी कोही छैन
तिम्री साथीलाई दोश्याउने
मुठ्ठी भने बन्द राख्ने
देख्यौ तिमीले ! 😶
तिम्रो मेरो प्रेममा धुल झोक्ने
बम गोलाले आई लब यु लेख्ने,
मायालु मौन किन छौ?
सालौ पहिले बाध्य गर्यो
हाम्रो प्रेममा चिरा पार्यो
पारपाचुके गर्न बाध्य गरायो
तर म डार्लिङ्ग! तिम्रो मकुट
सेताम्मे हिउको वर्षा हेरी
सदा बाँचेकी छु तिम्रो मायामा
सदा हाँसेकी छु!😍
भ्यालानटाईनमा सदा म
तिमलाई याद गर्ने गर्छु
तिमीले दिएको
सानो रेलको यात्रा
आह! बतासे लुपको
हाम्रो प्रेम कथा.....
प्रेमको आँलिङ्गन
चियाको मुनामा
कशम खाएको
रातको जुनमा!
हो आज हिउँ कै
पैरो गयो भन्छ
मायालु! अलिकता
घाम जुन
पठाउँ भन्छु भन्छु
मोरीले आँखा लाउछे!
छेउँ पर्न दिन्न डार्लिङ्ग!
म विहल छु तिम्रो मायामा
तर यो मिथ्या भ्रमले तिमीलाई
छुनै दिन्न पर
पर सारिसक्यो
यो लब
ट्रयाङ्गलले प्रिये!
लालकोटीमा
विताएको प्रेम कथा
सबै मिथ्या भो आज!
तर फूलको
वर्षा गर्न फेरी
भ्यालानटाईन
तिमीलाई बनाउन
डार्लिङ्ग म
आनेछु दार्लिङ्ग!
गुन्द्री बिछयाउला,
माया पोखाउला
राजनित पखाली
माया साटौला
रानी! हामी
ओ माई भ्यालेनटाईन!
आई लब यु भेरी मच!
Comments
Post a Comment