परिवर्तन
एक नदी
दुई किनारा
आशा ठूलो
बन्ने दुई साहारा
ठूला ठूला चट्टान
माझ घर्शणमा चोइटिदैं
भल पैहिरो सगैं
दौढमा छ समय!
हिउदोॅमा पानीले
किनार शुमसुमाउदा
किनारले मौका
छोपी चियाउछ
कतै समानानतरको
भेटने शुत्र मिल्यो कि???
घोलिकरण रशायण मिश्रण
केवल आखाॅका
नानी र शरितामा छ।
मन त केवल
छटपटाउने मात्र हो
सगंममा रमाउ
भन्छ पानी
वहावमा छ उर्जा
भन्छ नदी
किनार हेरी
रमाऊन दिन्छ अर्ती
नत्र बिलाउन
र वाष्पीकरणको
अनि कठीन स्वेत
रूप धारण गर्ने
शुर्य उर्जा शोषण
शुत्र छ भन्छ
किनारालाई सान्तवना
Comments
Post a Comment