छोरीको प्रतिक्रिया (13.3.18)

मेरी आमालाई बलात्कार गर्ने
मेरी दिदी बहिनीलाई बलात्कार गर्ने
हिम्मत कसले दियो तलाई
यो सिरिया होईन
न नै तालेवान
यो गनतान्त्रिक देशमा
स्वतन्त्र सबैले बाँच्न पाउछन
स्वतन्त्र आफ्नो अधिकार माँग्न पाउछन!
पवित्र देशको वर्दीलाई
कलङ्क लाउने कुविचारको
हत्या गर्न जरूरी भो
नत्र यसले मलाई मात्र होईन तिमीलाई होईन
देशको गनतनत्रलाई कलङ्क लाउने छ
कति प्रगतितिर लाग्न खोज्छु
कति मित्रमिलन स्वप्न रोज्छु
सबै भुली स्वच्छ फुल रोज्न चाहान्छु
तर मेरो पछ्यौटे समाजको
अधिकारको हत्या हुन लाग्दा
आफ्नो अस्तित्व पतनको
रक्षा गर्न बाघीनी हुन कर लाग्छ
तेरो त्यो राक्षसी सोचको हत्या हुन पर्छ
नत्र फेरी एउटा ज्वलामुखी
बिस्फोट म यहाँ देख्दै छु
हिउंको चिसो र लाभाको रापमा
केही झिल्काहरू म यहाँ देख्दै छु
सावधान! म मरेकी छैन
ननै बलत्कॄत छु न नै अनपढ़ छु
मेरी आमाको खुनले तलाई पनि
सिचेर राखेको छ
मेरी दिदी बहिनीको पसिनाले
तेरो बिहानीको चिशो श्वास
चिया चस्तै न्यानो हुन्छ
तेरो परिवार त्यसैले पल्दै छ!
मलाई जिस्क्याउन नखोज
म यही धर्ती कै मायालु छोरी हो
दयालु छोरी हो,तेरो कुविचारलाई
मार्न सक्ने शिक्षीत नारी हो!!

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you