कविता

कविता 

कविता ......कविता 
जस्तै हुन पर्छ,
कविताले कसैको 
जीवनको कविता पोखेको 
उठाई दिएको हुन पर्छ,

कविता ठगिएकी नारीको
अस्तित्व हुनपर्छ
कविताले अशल नारीको
आशस्था र विश्वास 
बोकेको हुनपर्छ।

कविता हाँस्दा हाँस्दै
रोएकोहरूको आँशु पुछ्न
सक्ने हुन पर्छ,

देवालयमा पुजीने नारीमा
शक्ती प्रदान गर्ने आस्था
बोकेको हुप पर्छ भने,
कविता शोशितहरूको
आशाको किरण बन्न सक्ने
नारी नै हुन पर्छ कविता, 

कविताले कवितै बोकेको हुन पर्छ
कविता यस्तै हुन पर्छ
कविता उस्तै कविको
मन रोएको हुन पर्छ भने
कविले समाजलाई 
 हातेमालो गरेको हुन पर्छ

Comments

Popular posts from this blog

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021

लाै घुम्न जाउ दार्जीलिङ

Letter to you