प्राथना

प्राथना

करूणाका राज- दुत
वर्तमानका परिहरू
विज्ञानका खोजकर्ता
सुमसुम्याउने हातहरू
सुई र दवाई पिलाउने
आजका सैन्यहरूमा
दुई हातजोरी प्राथना
गर्छु, समझना गर्छु

प्रिय! डाक्टरहरूलाई
 पल पल हौसला पुगोस
ब्यांकरहरूलाई सहयोग
हरएक पहिलो पंक्तीका
सहयोगी हातहरूलाई
शक्ती प्रदान गर देवा!
म एक्लो शान्तीमा छु
तिमी एक्लै खुशी  छौ।

तर उनिहरू बिरामीसित
जगंमा तिम्रो  सुरक्षामा,
जहाँ विज्ञानको अन्त हुन्छ
आस्थाको दौड़ शुरूहुन्छ
जढ़ी-वुट्टी प्रकृतिमा नै 
हनुमान भै सुमेरू पर्वत
सिङ्गो उठाई त्यही मुना
टिपेर ल्याउ औषधी गर!

मेरो प्राथना प्रकृतिलाई छ
तिमी शुद्ध पवन प्रदान गर
यो दुधु- बालाखा छाड़ी सेवामा
कार्यरत सेवक- सेविकाको
रक्षा गर, आज तिमी मेरो
प्राथना सुनीदेउ प्रकृति
तिमी नरिशाई देउ आज
तिमी प्राथना,मेरो आस्थामा छौ।।

Comments

Popular posts from this blog

यावा

लाै घुम्न जाउ दार्जीलिङ

वरिष्ठ महिला समूहको मासिक भेट घाट 29.12.2021