खुशी खोज्ने क्रम

साना साना खुशी बटुल्दै
आफ्नै किपटमा
आफैलाई
खोज्दै हिड़ेको!

पेटको समस्याले दुरदेश लागियो
पर्देश लागियो
आफ्नै ठाँउमा
परदेशी भैयो!

तर उ उस्तै उस्तै छे
निरन्तर कार्य गर्छे
अनि मलाई सोध्न लागि,
किन आयौ त यहाँ??

चक्र जस्तो घुम्नलाई
म जस्तै पग्लन सिक्नु पर्छ
म जस्तै बाफिन सिक्नु पर्छ
म जस्तै कक्रीन सिक्नु पर्छ।

मैले भने, हो!
त्यही ज्ञान पाएपछि
म जरा खोज्दै आँए
माया पाउन भनि आँए।

Comments

Popular posts from this blog

बुबालाई पत्र

दुर्गा चालिसा

सत्य कथा/लघु कथा